रक्सी खानेबाट कोरोना सर्ने जोखिम धेरै | Khabarhub Khabarhub

रक्सी खानेबाट कोरोना सर्ने जोखिम धेरै


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेहरुले कोरोना भाइरस सङ्क्रमण फैलाउने सम्भावना बढी रहेको चिकित्सकहरुले बताएका छन् । त्यसैले यस्ता लत हटाउन उनीहरुले आग्रहसमेत गरेका छन् ।

जाँड, रक्सी, सुर्ती तथा लागुऔषधको प्रयोग गर्नेहरुले स्वास्थ्य मापदण्डको ख्याल नगर्ने र रोग प्रतिरोधी क्षमता पनि कम हुने भएकोले त्यस्ता व्यक्तिबाट कोरोना फैलने डर धेरै हुने मानसिक रोग विशेषज्ञ डाक्टर सगुन वल्लभ पन्तले बताए ।

यस्ता वस्तुको प्रयोगले मानसिक समस्यासमेत आउने र यसले जोखिम झनै बढाउने उनको भनाइ छ । साथै डा. पन्तले महामारीका बेला विभिन्न बहानामा जाँड, रक्सी तथा चुरोटलगायत लागुऔषध प्रयोग नगर्न र प्रयोग गर्दै आएको भएमा छाड्न अनुरोध गरेका छन् ।

अहिले अस्पतालहरुमा रक्सीजन्य वस्तुको प्रयोगबाट मानसिक समस्या भएकाहरु पुग्ने क्रम बढेको भन्दै उनले यदि यस्ता वस्तुको लत भएमा तत्कालै उपचार गर्न पनि अनुरोध गरेका छन् ।

जाँड, रक्सी, चुरोट खानेहरुलाई कोरोना सङ्क्रमण भएमा तुलनात्मक रुपमा बढी असर गर्ने भएकोले आफू र आफ्ना परिवारका लागि पनि यस्ता बानी त्याग्न डाक्टरहरुको आग्रह छ ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ५ : २६ बजे

राजेन्द्र महतोले यसरी गरे राष्ट्रिय मुक्ति क्रान्ति (तस्बिरहरु)

काठमाडौं– राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौंमा सांस्कृतिक प्रतिरोध

सुहाङ ५ हजार ६६२ मतले अगाडि

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् । अमेरिकी