नेकपा सचिवालय बैठक पेरिसडाँडामा जारी, मन्त्री हेरफेरको विषय छलफलमा | Khabarhub Khabarhub

नेकपा सचिवालय बैठक पेरिसडाँडामा जारी, मन्त्री हेरफेरको विषय छलफलमा


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ— सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पहिलो पटक पेरिसडाँडामा बसेको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी अध्यक्षको अधिकार प्रयोग गर्न पाएपछि उनले पहिलो पटक आफ्नो पूर्वपार्टी कार्यालय पेरिसडाँडामा बैठक बोलाएका हुन् ।

बालुवाटारबाहिर भएको पार्टी सचिवालय बैठकमा पहिलो पटक प्रधानमन्त्रीसमेत रहेका एक नम्बर अध्यक्ष केपी शर्मा ओली पनि सहभागी भएका छन् ।

बिहान ११ बजेदेखि जारी बैठकमा पहिलो पटक  पार्टीको आन्तरिक शक्ति समीकरण मिलाउन मन्त्रीहरू हेरफेरको विषयमा छलफल रहेको एक नेताले जानकारी दिए ।

बैठकले उपयुक्त मापदण्ड निर्माण, केन्द्रीय र प्रदेशस्तरीय मन्त्रीहरू हेरफेरको सूची तयार पार्न जिम्मेवारी दिन पनि सक्ने प्रचण्ड निकट नेताले बताएका छन् ।

यस अतिरिक्त आगामी चैतमा गर्ने भनिएको महाधिवेशनका लागि पार्टीको सांगठनिक एकताको बाँकी काम टुंग्याउने विषय पनि छलफलमा रहेको बताइएको छ ।

२६ भदौको स्थायी कमिटी बैठकले दाहाल र पार्टीका अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको कार्यविभाजन र कार्याधिकार स्पष्ट पारेको थियो ।

उक्त बैठकले अध्यक्षद्वयले पार्टी र सरकारबीचको कामलाई संस्थागतपमा अघि बढाउन समन्वय गर्ने उल्लेख गरिएकाले यिनै विषयलाई केन्द्रमा राखेर छलफलको तयारी गरिएको छ ।

गत शुक्रबार नै बोलाइएको बैठक संविधान दिवसको कार्यक्रममा व्यस्त हुनुपर्ने कारण देखाउँदै अन्तिम समयमा स्थगित गरिएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ११ : ५९ बजे

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम

अमेरिकामा महिलालाई ४० वर्षदेखि नै स्तनको नियमित परीक्षण गर्न सुझाव

एजेन्सी – स्तन क्यान्सर रोगबाट मर्ने जोखिम कम गर्न महिलाहरूले