चलचित्र प्राविधिकहरुलाई राजेश हमालको सहयोग | Khabarhub Khabarhub

चलचित्र प्राविधिकहरुलाई राजेश हमालको सहयोग


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमालले समस्यामा परेका ११३ जना चलचित्र प्राविधिकहरुलाई आर्थिक सहयोग गरेका छन् ।

चलचित्र प्राविधिक संघको आयोजनामा गरिएको एक कार्यक्रममा अभिनेता हमालले लकडाउनका कारण समस्यामा परेका प्राविधिकहरुलाई जनही ५ हजार रुपैयाँका दरले सहयोग गरेका हुन् ।

कार्यक्रममा हमालले प्राविधिकहरु आफ्ना लागि सधै उच्च रहेको बताए । साथै उनले समस्यामा परेका प्राविधिकलाई थप सहयोग गर्ने प्रतिवद्धता पनि जनाए ।

कोरोना भाइरसको महामारीका कारण कैयन् चलचित्र प्राविधिकहरू समस्यामा परेका छन् ।

अभिनेता हमालले आफू र नजिकका साथीहरुसँग उठाएर ५ लाख ६५ हजार रुपैयाँ सहयोग गरेका हुन् । उनले विदेशमा रहेका आफ्ना साथीहरुलाई प्राविधिकहरुको सहयोगमा जुटेको भन्दै धन्यवाद समेत दिए ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ११ : ४७ बजे

बालुवाटारबाट फर्किए उपेन्द्र, बालकुमारीमा नयाँ रणनीति बनाउँदै

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।

साउदी लिगमा अल हिलालको अपराजित यात्रा कायमै

काठमाडौं– साउदी प्रो लिगमा अल-हिलालको अपराजित यात्रा कायम रहेको छ

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार