कोरोना संक्रमित बढ्दै जाँदा भारतका अस्पतालमा अक्सिजन अभाव | Khabarhub Khabarhub

कोरोना संक्रमित बढ्दै जाँदा भारतका अस्पतालमा अक्सिजन अभाव


४ आश्विन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- कोरोना संक्रमित बढ्दै गएपछि भारतका अस्पतालहरूमा अक्सिजन अभाव हुन थालेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमितमध्ये करिब १५ प्रतिशत बिरामीलाई श्वासप्रश्वासका लागि अक्सिजनको आवश्यकता पर्छ । त्यसमध्ये कतिपयलाई भेन्टिलेटरमा राख्नुपर्छ । तर, भारतमा अक्सिन अभाव हुँदै जाँदा बिरामी प्रभावित हुन थालेका छन् ।

अस्पताल तथा हेरचाह केन्द्रहरूले यो महिना मात्र दैनिक २ हजार ७ सय टन अक्सिजन खपत गर्न थालेका छन् ।

भारतीय ग्यास उत्पादक संघका अनुसार अप्रिलमा ७ सय ५० टन अक्सिजन खपत भएको थियो ।

उत्पादकहरूले भने लकडाउनका क्रममा बन्द भएका कतिपय कम्पनीहरू अझै नखुलिसकेकाले पनि अक्सिजनको अभाव भएको दाबी गरेका छन् ।

पछिल्लो समय खासगरी संक्रमण तीव्र भएका महाराष्ट्र, मध्यप्रदेश, गुजरात, राजस्थान, तेलंगाना, आन्ध्र प्रदेशमा समस्या भयावह देखिएको छ ।

भारतमा अक्सिजन शुद्ध गर्ने करिब ५ सय कम्पनी छन् । ती कम्पनीले उत्पादन गर्ने करिब १५ प्रतिशत अस्पतालहरूमा प्रयोग हुन्छ ।

विश्वकै दोस्रो धेरै संक्रमित भएको भारतमा आइतबार बिहानसम्म ५४ लाख नाघेको छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ११ : ०५ बजे

माङसेबुङमा मुढाले जित्ला कि सूर्यले ?

इलाम– सुदुरपूर्वी जिल्ला इलाममा आइतबारदेखि उपनिर्वाचनको मतगणना रोचक ढ‌ंगबाट जारी

नेपालगञ्ज रङ्गशाला सुनसान

नेपालगञ्ज– बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य

बझाङमा कांग्रेसको अग्रता कायमै : एमाले २८४ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

बजेट नहुँदा एकीकृत मिलन बस्ती निर्माणमा ढिलाइ

गोरखा– भूकम्पपीडितलाई स्थानान्तरण गर्न निर्माण थालिएको गोरखाको भीमसेन थापा गाउँपालिका–५,

६ सय परिवारका लागि लिफ्ट आयोजना

नुवाकोट– तादीखोलाको पानी तानेर नुवाकोट दरबार क्षेत्र आसपासका बासिन्दालाई वितरण