कतारको विकासमा नेपालीले गरेको योगदानको कतारले प्रशंसा गरेको छ : राजदूत भारद्वाज | Khabarhub Khabarhub

कतारको विकासमा नेपालीले गरेको योगदानको कतारले प्रशंसा गरेको छ : राजदूत भारद्वाज



दोहा- कतारका लागि नेपाली राजदूत डा.नारदनाथ भारद्वाजले नेपाली समुदायले कतारको विकासमा पुर्‍याएको योगदानको कतार सरकारले उच्च प्रशंसा गरेको बताएका छन् ।

नेपालको छैठौ संविधान तथा राष्ट्रिय दिवसको अवसरमा कतारस्थित नेपाली दूतावासले आयोजना गरेको एक संक्षिप्त समारोहलाई सम्बोधन गर्दै राजदूत भारद्वाजले कतारले आफ्नो मूलुकका श्रमिकलाई प्राथमिकतासँगै प्रशंसा पनि गरेको बताएका हुन् ।

नेपाल र कतारबीच कुटनीतिक सम्बन्ध कायम भएदेखिको सम्बन्ध अझै प्रगाढ हुँदै गएको बताउँदै उनले कतारले गरेको विकासबाट नेपालले पनि सिक्न पर्ने बताए ।

कतार सरकारको स्वास्थ्य सतर्कताका प्रावधान पालना गरेको आयोजना गरिएको कार्यक्रममा सीमित संख्यामा गैरआवासीय नेपाली तथा नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०७७, आइतबार  ७ : १० बजे

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ

सङ्खुवासभामा आगलागीबाट १९ लाख बढीको क्षति

किमाथाङ्का– सङ्खुवासभाको चैनपुर नगरपालिका र मकालु गाउँपालिकामा भएका आगलागीबाट रु

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी