सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुईजना जेल चलान | Khabarhub Khabarhub

सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुईजना जेल चलान


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राजधानीको सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई अभियुक्तलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले बिहीवार उक्त मुद्दाको सुनुवाइ गर्दै थुनामा राख्न आदेश दिएको हो ।

न्यायाधीश कृष्णजंग शाहको इजलासले अभियुक्त मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई थुनामा राख्न आदेश दिएको हो ।

साथै अदालतले एसिड आक्रमणमा परेकी पवित्रा कार्कीको उपचारका लागि राहत कोषमा तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउन पनि आदेश दिएको छ ।

गत साउन ८ गते पवित्रामाथि सीतापाइलामा एसिड प्रहार भएको थियो । एसिड प्रहार गर्ने मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई अपराध अनुसन्धान महाशाखाको टोलीले २४ घण्टाभित्रै पक्राउ गरेको थियो ।

डेराबाट दही किन्न निस्किएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रामाथि एसिड हान्ने मुन्नाले आलमको निर्देशनमा आफूले एसिड प्रहार गरेको स्वीकारेका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ६ : ०३ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र