पूजा र प्रकाशबीच विवाद मिल्यो | Khabarhub Khabarhub

पूजा र प्रकाशबीच विवाद मिल्यो


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कलाकार पूजा शर्मा र सञ्चारकर्मी प्रकाश सुवेदीबीच चलिरहेको विवाद मिलेको छ ।

चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघ लगायतका संघसंस्थाको रोहबरमा भएको छलफलमा उक्त विवाद मिलाइएको हो ।

दुवै पक्षबीच सहमति भएसँगै अब पूजाले उजुरी नदिने र प्रकाशले पनि पेशागत मर्यादाभित्र रहेर कार्यक्रम चलाउने र संवेदनशील र सचेत रहने भनिएको छ ।

केही समयअघि कार्यक्रममा सञ्चारकर्मी प्रकाश सुवेदीले पूजा शर्मालाई इंगित गर्दै  ‘दाह्रा निस्केकी महानायिका’ भनेका थिए ।

यो अभिव्यक्तिपछि अन्य कलाकार र पूजाले विरोध जनाएका थिए । साथै पूजाले फिल्मनिकट संघसंस्थामा उजुरी समेत दिएकी थिइन् ।

विरोध भएपछि प्रकाशले कार्यक्रममार्फत माफी मागेका थिए । तर, पूजाले भने चित्तबुझ्दो माफी नभएको बताएकी थिइन् ।

चलचित्र संघका अध्यक्ष रविन्द्र खड्काका अनुसार दुवै पक्षलाई राखेर सहमति भएको जानकारी दिए ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  २ : २४ बजे

धनगढीबाट लागूऔषधसहित ६ जना पक्राउ

धनगढी – कैलालीको धनगढीबाट बिहीबार लागूऔषधसहित ६ जना पक्राउ परेका

ब्याण्डविथ खरिद वापतको भुक्तानीमा कुनै अवरोध छैन : मन्त्रालय

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा इन्टरनेट सेवा

हजारौं कर्मचारी कटौती गर्ने योजनामा चिनियाँ प्राविधिक कम्पनी

चीन । चिनियाँ प्रविधिको क्षेत्रमा संकट देखिएको छ । प्रविधिको

प्रथम महिला सचिव चन्द्रकला किरणको निधन

काठमाडौं – नेपालकी प्रथम महिला सचिव चन्द्रकला किरणको ९४ वर्षको

बुरुन्डीमा बाढीबाट २९ को मृत्यु

नैरोबी – गत वर्षको सेप्टेम्बरदेखि वर्षाको मौसम सुरु भएयता बुरुन्डीमा