बलिउड स्टार कसले कति पढेका छन् ? | Khabarhub Khabarhub

बलिउड स्टार कसले कति पढेका छन् ?


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्यानहरु माझ उनका मनपर्ने कलाकार आइडल रहने गरेका छन् । आफुलाई मनपर्ने कलाकारको बारेमा जान्ने उत्सुकता सबैमा हुने गर्दछ ।

उनीहरुको रहनसहन, अध्ययन तथा निजि जीन्दगीको बारेमा फ्यानहरु जान्न चाहान्छन् । बलिउडकमा केहि यस्ता कलकार छन् जसले अभिनय करीयरका लागी अध्ययनलाई त्यागेका थिए । आज हामी फिल्मी करीयरका लागी पढाई छाड्न बलिउडकर्मीको चर्चा गर्नेछौ :

priyanka chopra

१. प्रियंका चोपडा

बलिउडदेखि हलिउडसम्म नाम कमाउन सफल अभिनेत्री प्रियंका चोपडाले केवल प्लस टु सम्मको अध्ययन सकाएकी छन् । मिस वल्र्डको ताज पहिरिएपछि उनले पढाई छाडेर लगातार मोडलिङ र फिल्मी क्षेत्रलाई नै प्राथमिकतामा राखिन ।

करिश्मा कपूर

२. करिष्मा कपूर
चर्चित बलिउड अभिनेत्री करिष्मा कपूरले केवल कक्षा ६ सम्मको मात्र अध्ययन गरेकि छन् । कक्षा ६ पछि उनी स्कुल गइनन् । सानै उमेरबाट अभिनयमा रुचि राखेकी करिष्माले फिल्मी करियर मात्र ध्यान दिइन् ।

आमिर खान

३. आमिर खान
आमिर खानलाई बलिउडको मिस्टर परफेक्शनिस्ट मानिन्छ । तर उनी अध्ययनमा अब्बल रहेपनि पढाईका मामलामा भने निकै पछि छन् । आमिर खानले प्लस टुसम्मको अध्ययन गरेका छन् । उनले धेरै अन्तर्वार्तामा आफुले यसको पछुतो रहेको बताएका छन् ।

कटरीना कैफ

४. कटरिना कैफ
अभिनेत्री कटरिना कैफले केवल कक्षा १० सम्मको मात्र अध्ययन गरेकी छन् । कटरिनाले सानै उमेरमा मोडलिङ गरेका कारण उनले अध्ययनलाई बीचमै छाडेकी थिइन् ।

bipasha basu

५. बिपासा बसु
अभिनेत्री बिपासा बसु सीए बन्न चाहान्थिइन् । तर अध्ययनका बीचमै उनले सुपर मोडल कन्टेस्टमा भाग लिइन् र जितिन् । तसर्थ उनको अध्ययन प्लस टुसम्ममा सीमित भयो ।

दीपिका पादुकोण

६. दीपिका पादुकोण
दीपिका पादुकोणले करियरको शुरुवात मोडलिङबाट गरेकी थिइन् । उनले मोडलिङमा जान ग्रेजुएसनमा लिएको एडमिसन समेत छाडेकी थिइन् । तसर्थ उनको अध्ययन पनि केवल प्लस टु सम्म सीमित भयो ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  १० : २९ बजे

मनै लोभ्याउने जाकाराण्डा फूल

ललितपुर– ललितपुर महानगरपालिका–१४ महालक्ष्मीस्थानस्थित चक्रपथ छेउमा फुलेको बैजनी रङ्गको जाकाराण्डा

गम्भीर रोगका बिरामीबाहेक सबै शिक्षकका काज फिर्ता 

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग

६ सांसदसहित पार्टी फुटाउन खोजिएकोबारे झलनाथको जवाफ : अहिले दायाँबायाँ गर्ने सम्भावना छैन

काठमाडौं- नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आफू

बुबाको मार्गनिर्देश अनुसार अघि बढ्छु : सांसद नेम्वाङ

काठमाडौं– प्रतिनिधिसभाका नवनिर्वाचित सांसद सुहाङ नेम्वाङले इलामेली जनताको माया, विश्वास

एमाले रसुवा अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत

रसुवा– नेकपा एमाले रसुवाको ९औं जिल्ला अधिवेशनबाट अध्यक्षमा जनार्दन ढकाल