कर्णालीमा ९ हजार घरधुरीलाई सुरक्षित आवास | Khabarhub Khabarhub

कर्णालीमा ९ हजार घरधुरीलाई सुरक्षित आवास


४ भाद्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली – चालू आर्थिक वर्षमा कर्णालीका झण्डै नौ हजार घरधुरीको सुरक्षित आवास निर्माण हुने भएको छ ।

गरीबीको रेखामुनि रहेका, खरले छाएका तथा बाढीपहिरो जस्ता प्राकृतिक प्रकोपका कारण घरबारविहीन परिवारलाई सुरक्षित नागरिक आवास कार्यक्रममा समेटिने भएको हो ।

कार्यक्रमअन्तर्गत सुर्खेतमा सबैभन्दा बढी दुई हजार ६४३ सुरक्षित आवास बन्नेछन् ।  रुकुम(पश्चिम)मा एक हजार १९९, सल्यानमा एक हजार ६९१, दैलेखमा एक हजार ७८९, जाजरकोटमा एक हजार १५, डोल्पामा ५१२ र जुम्लामा ५०६ घरधुरीले सुरक्षित आवास पाउनेछन् ।

सरकारले खर तथा परालको छाना भएका घरधुरीमा पनि जस्तापाताले छाना छाउन सहयोग गर्नेछ । जस्तापाता छाउनका लागि प्रतिघरधुरी रु ५० हजार उपलब्ध गराइनेछ ।

संघीय शहरी आयोजना कार्यान्वयन एकाइले सुर्खेत निर्वाचन क्षेत्र नं १ मा निर्माण हुने परिवारको टुङ्गो लगाएको छ । त्यहाँका एक हजार ५२० घरमा जस्तापाताको छाना लगाइनेछ ।

आयोजना कार्यान्वयन एकाइका इञ्जिनीयर टीकाराम पोखरेलका अनुसार उक्त रकम घरमूलीले सम्बन्धित स्थानीय तहबाट प्राप्त गर्नेछन् ।

‘चालू आवमा प्रदेशका नौ हजार घरका छानामा जस्तापाता लगाउने योजना छ’, उनले भने, ‘सुर्खेतमा करीबकरीब टुङ्गो लागिसक्यो, अन्य जिल्लामा बाँकी छ, सम्बन्धित क्षेत्रका सांसद, स्थानीय जनप्रतिनिधिहरुको बैठकले लाभान्वित घरपरिवारको टुंगो लगाउनेछ ।’

जस्तापाता लगाएमा आगलागीबाट सुरक्षित हुने र गरीब परिवारले सुरक्षित महसुस गर्ने सरकारको अपेक्षा छ ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहीबार  ६ : २६ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने