ठेकेदारसँग घुस लिँदै गर्दा प्रहरी निरीक्षक पक्राउ  | Khabarhub Khabarhub

ठेकेदारसँग घुस लिँदै गर्दा प्रहरी निरीक्षक पक्राउ 


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ठेकेदारसँग घुस लिँदै गर्दा एक जना प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय भिमफेदीमा कार्यरत इन्सपेक्टर रामबालक राय घुस रकमसहित रंगेहात पक्राउ परेका हुन् ।

प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले ठेकदार दुर्गा लामासँग १२ हजार लिँदै गरेको अवस्थामा इन्सपेक्टर रायलाई घुस रकमसहित पक्राउ गरेको हो ।

शनिबार बिहान भिमफेदी– ६ स्थित सगरमाथा होटलबाट इन्सपेक्टर रायलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

‘कारबाहीका लागि वाग्मती प्रदेश कार्यालय तानिसकेका छौं । उनी आजैबाट निलम्बन भइसकेका छन् । अब कानुन प्रक्रियाअनुसार कारबाही अगाडि बढ्नेछ’, बाग्मती प्रदेशका डिआइजी बसन्त लामाले बताए ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ८ : १४ बजे

आईपीएल : आज लखनउ र मुम्बई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज लखनउ सुपर जाइनट

शिक्षासहित तीन समितिका बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिका बैठक आज बस्दैछन् । आज

उपप्रधानमन्त्री यादव र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र संयुक्त

म्याग्दीको अन्नपूर्णमा खानेपानी आयोजना निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा तीनवटा खानेपानी आयोजना निर्माण भएका छन्

इलाममा रास्वपासहित १६ उम्मेदवारको जमानत जफत (सूचीसहित)

इलामा– इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका लागि भएको