विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, ३ लाख २५ हजार बढीको मृत्यु | Khabarhub Khabarhub

विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख नाघ्यो, ३ लाख २५ हजार बढीको मृत्यु


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाभाइरसका कारण विश्वभर ३ लाख २५ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमितको संख्या ५० लाख नाघेको छ ।

जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार बुधबार साँज ७ बजेसम्ममा विश्वभर कोरोना संक्रमितको संख्या ५० लाख १५ हजार ६७६ पुगेको छ । त्यसैगरी ३ लाख २५ हजार ५०९ जनाको ज्यान गएको छ ।

पछिल्लो २४ घण्टामा  ३२ हजार ७३९ जना नयाँ संक्रमित भेटिएका छन् । यसअघि अघिल्लो २४ घण्टामा विश्वमा ८८ हजार ८५८ जना नयाँ संक्रमित भेटिएका थिए । आज समाचार तयाँर पार्दासम्म थप ९५५ जनाको मृत्यु भएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ४७६ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख १० हजार ८४४ जनाको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३५ हजार ३४१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

संयुक्तराज्य अमेरिकामा ९३ हजार ५६१ जनाको मृत्यु भएको छ ।

कोरोनाभाइरसबाट सर्वाधिक दैनिक मृत्युदर रहेका इटाली, स्पेन र फ्रान्समा २४ घण्टाको अवधिमा अघिल्लो दिनको झैं सामान्य रहेको छ ।

दक्षिण अमेरिकी देशहरुमध्ये कोरोनाभाइरसको इपिसेन्टरका रुपमा देखिएको ब्राजिलमा १७ हजार ९८३ जनाको मृत्यु भइसकेको छ । विगत २४ घण्टामा ब्राजिलमा १ हजार १३० जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ७ : ०८ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर