कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि | Khabarhub Khabarhub

कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कपिलवस्तुमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना व्यवस्थापन सम्पर्क व्यक्ति कुमार थापाका अनुसार १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थापाका अनुसार उनीहरुको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । १२ जना नयाँ संक्रमितहरुमध्ये महाराजगंज नगरपालिका –९ का ३ वर्षीया बालिका, ४ वर्षीया बालिका, ५ वर्षीया बालिका, १६ वर्षीया युवती, २० वर्षीया महिला, र २८ वर्षीया महिला रहेका छन् ।

यस्तै २ वर्षीय बालक, १४ वर्षीय बालक, ३० वर्षीय पुरुष रहेका छन् । यस्तै महाराजगंज नगरपालिका–२ र ७ का २२, ३५ र ४८ वर्षका तीनजना पुरुष रहेका छन् ।

उनीहरु सबैजना १० दिन देखि एकसाताको बीचमा भारतबार नेपाल आएर कपिलवस्तुको विभिन्न स्थानका क्वारेन्टाइमा रहेका थिए ।

जिल्ला स्वास्थ्य कार्यलयले संक्रमितको थपिएको जानकारी गराएपछि स्वास्थ्य मन्त्रालयले भने नयाँ थपिएका संक्रमितको संख्याबारे अपडेट गरेको छैन ।

स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलेनमा मात्र संक्रमितको संख्याबारे अपडेट गराउने जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ३ : ३३ बजे

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार सन्

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत