कोरोनाभाइरस प्रभाव : अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था कस्तो छ ? | Khabarhub Khabarhub

कोरोनाभाइरस प्रभाव : अष्ट्रेलियामा रहेका नेपाली विद्यार्थीहरुको अवस्था कस्तो छ ?


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस (कोभिड–१९) को प्रकोपले विश्व आक्रान्त बनिरहेको छ ।

नेपालीहरु रहेका विभिन्न शैक्षिक तथा श्रम गन्तव्यहरु मध्ये करिव एक लाख ५० हजार नेपालीहरु अष्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यहाँको सरकारले भिन्न नियमहरु लागू गरेको छ ।

अत्यावश्यक बाहेक सबैलाई घर बाहिर ननिस्कन भनिएको छ । यातायात, शैक्षिक संस्था, स्वास्थ्य केन्द्रहरु र दैनिक उपभोग्य वस्तुहरु किनमेल गर्ने सुपर मार्केटहरु आंशिक खुल्ला छन् ।

अष्ट्रेलियामा हाल आंशिक लकडाउन गरिएको छ । यो अवस्थामा यहाँ बसोबास गर्दै आएका नेपालीहरुको रोजगारी गुम्न थालेपछि आत्तिन थालेका छन् ।

अष्ट्रेलियामा रहेको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले नेपाली विद्यार्थीलाई राहत वितरण गर्न आवेदन खुल्ला गरेको जनाएको छ ।

संघका अध्यक्ष केशव कँडेलले नेपाली विद्यार्थीहरुको रोजगारी गुम्दै गएपछि दैनिक कष्टकर बनेको बताउदैं राहत प्याकेजका कार्यक्रम अघि बढाएको जानकारी दिए ।

उनले राहतका लागि १४ सय नेपाली विद्यार्थीहरुले संघमा आवेदन दिएको जानकारी दिए । उनले भने, ‘अहिले विद्यार्थीहरुले राहतका लागि आवेदन दिने क्रम बढेको छ । हालसम्म १४ सय नेपाली विद्यार्थीले आवेदन दिईसक्नुभएको छ ।’

उनले ५ मार्चदेखि लकडाउन भएयता ४ सय ५० जनालाई राहत प्रदान गरेको जानकारी दिए । विद्यार्थीलाई चामल, दाल लगायतका राहत सामाग्री २२ मार्चदेखि संघले घरमै गएर वितरण गरेको छ । एक विद्यार्थीलाई ४० डलर बराबरको राहत उपलब्ध गराएको अध्यक्ष कँडेलको भनाइ छ ।

खबरहबका लागि सरल गुरुङले सहजीकरण गरेको विशेष कुराकानीका क्रममा अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले करिब ६० हजार नेपाली विद्यार्थी र एक लाख ५० हजारभन्दा बढी नेपाली मुलका नागरिकहरु अष्ट्रेलियामा बसोबास गर्दै आएको उल्लेख गरे ।

राजदूत दाहालले अष्ट्रेलियामा स्थायी रुपमा बसोबास गर्नेलाई सरकारले विभिन्न सुविधा प्रदान गरेको समेत जानकारी दिए ।

स्थायी बसोबास गर्नेलाई सरकारले सुविधा प्रादन गरेको भए पनि नयाँ विद्यार्थी बढी मर्कामा परेका छन् । विद्यार्थीहरुको समस्या पहिचानका लागि राजदूताबासले आवेदन खुल्ला गरेको र त्यसमा १५ सय भन्दा धेरै विद्यार्थीले सहभागिता जनाएको दाहालले बताए ।

उनले भने, ‘पीआर प्राप्त गरेकालाई सरकारले विभिन्न कार्यक्रम संचालन गरेको छ । एक वर्ष भन्दा पहिलेदेखि बसोबास गर्दै आएका विद्यार्थीका लागि पनि आंशिक कार्यक्रम लागू भएका छन् । तर समस्यामा नव आगुन्तुक विद्यार्थी परेका छन् । उनीहरुलाई अभिभावकले समेत पैसा पठाउन सकेका छैनन् । यी समस्याहरु नेपाल सरकारलाई हामीले जानकारी गराएका छौं । उनीहरुको समस्या अध्यावधिक गर्न नेपाली विद्यार्थीलाई आवेदन भर्न आह्वान गरेका छौं । हालसम्म १५ सय विद्यार्थी भन्दा धेरैले विवरण उपलब्ध गराउनु भएको छ ।’

समस्या समाधानका लागि अष्ट्रेलियामा रहेका विद्यार्थीहरु तथा संघसंस्थाहरुसंग समन्वय भइरहेको राजदूत दाहालले बताए ।

अष्ट्रेलियामा रहेर नेपाली समुदायका लागि पत्रकारिता गर्दै आएका पत्रकार हेमन्त काफ्लेका अनुसार अहिले नै आत्तिनु पर्ने अवस्था नआएको बताए । कोरोना भाइरसको जोखिम अझै बढ्न सक्ने भएकाले अहिले नै हतोत्साहित हुनुपर्ने अवस्था नआएको उनले बताए ।

उनले भने, ‘अहिले कोरोनाको प्रकोप अष्ट्रेलियामा प्रारम्भिक चरणमा छ । यतिवेला नै विभिन्न राहतका प्याकेज बाहिर ल्याउने तिर ध्यान दिन आवश्यक छैन । अझै केही महिनासम्म पुग्ने जोहो विद्यार्थीले गरेका छन् । तर लकडाउन अझै थपिने अवस्था आयो र सर्तकता अपनाउन सकिएन भने अवस्था भयावह हुनसक्छ । यसका लागि एनआरएनए जस्ता निकाय थप सशक्त बन्न आवश्यक छ ।’

एनआरएनएका अध्यक्ष केशव कँडेलले आफ्नो राहत छोटो अवधिका लागि भएको भन्दै लामो समय महामारी फैलिएको अवस्था सरकारले नै भूमिका खेल्नु पर्ने औंल्याए ।

कोभिड–१९ का कारण रोजगारीका क्षेत्र बन्द हुँदा त्यहाँ कार्यरत कामदार तथा अष्ट्रेलियामा अध्ययनरत नेपालीहरु विद्यार्थीहरु प्रभावित बन्दै गएका छन् ।

राजदूत दाहालले नेपाली विद्यार्थीहरुको अध्ययन सहुलियतका लागि अष्ट्रेलियाका कजेल, विश्वविद्यालयसंग समन्वय गरिरहेको जानकारी दिए । अहिले खाना खाने र बस्ने तथा घर भाडा र कलेज शूल्क तिर्न सक्ने अवस्था नभएका विद्यार्थीहरु राजदूतावासको सम्पर्कमा आएका छन् । कतिपय नेपाल फर्किने चाहाने विद्यार्थी पनि सम्पर्कमा आएको दाहालको भनाइ छ ।

अष्ट्रेलियाको अर्थतन्त्रमा नेपाली विद्यार्थीको योगदान २.६ बिलियन डलर छ । अहिले विश्व संकटमा परेका बेला नेपाली विद्यार्थीले रोजगारी गुमाएको र आर्थिक संकट हुँदा सरकारले यहाँ रहने नेपाली समुदायको समस्या समाधानमा आवश्यक कदम चाल्नुपर्ने नेपाली प्रतिनिधिहरु बताउँदै आएका छन् ।

भिडियो यहाँ हेर्नुस्

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १० : ०२ बजे

न्यू इङल्याण्डमाथि इन्टर मियामीको फराकिलो जित

काठमाडौं– अमेरिकन लिग सकर (एमएलएस) अन्तर्गत इन्टर मियामीले न्यू इङल्याण्डमाथि

शहीद लखन थापाको सालिक निर्माण

चितवन– नेपालका प्रथम सहिद लखन थापाको भरतपुर महानगरपालिका–१ रामनगरमा सालिक

गुल्मीमा मलामी चढेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु, १२ घाइते

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–४ लिम्घामा मलामी बोकेको जिप दुर्घटना हुँदा

इलाम–२ को मतगणना बिहान ११ बजे सुरु गरिने

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणना आज बिहान ११

इलाम–२ मा मतगणनाका लागि सर्वदलीय बैठक जारी

काठमाडौं– इलाम–२ मा हिजो भएको उपनिर्वाचनको मतगणनाका लागि सर्वपक्षीय र