कोरोनाको प्रभावः चैत ९ गतेदेखि कुन कुन सेवा बन्द हुँदैछन्  ? | Khabarhub Khabarhub

कोरोनाको प्रभावः चैत ९ गतेदेखि कुन कुन सेवा बन्द हुँदैछन्  ?


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म सरकार र निजी क्षेत्रले प्रवाह गर्ने अत्यावश्यक बाहेकका सेवाहरू बन्द गर्ने घोषणा गरेको छ ।

देशबासीका नाममा विषेश सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु आगामी चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको जानकारी दिएका हुन् ।

२०७६ असोज ६ गते गृह मन्त्रालयले राजपत्रमा निकालेको सूचनाअनुसार अत्यावश्यक सेवाअन्तर्गतका १९ वटा सेवा यस्ता छन् ।

  • डाँक तार वा टेलिफोन सेवा
  • जल, स्थल तथा हवाइमार्गबाट यात्रु वा मालसामान ओसारपसार गर्ने सेवा
  • हवाइ अड्डा ,हवाइ जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्ने कामसँग सम्बन्धित सेवा
  • हवाइ ग्राउन्ड, रेलवे स्टेशन वा सरकारी गोदाममा मालसामान ओसारपसार, राख्ने झिक्ने वा थन्काउने कामसँग सम्बन्धित सेवा
  • प्रिन्ट वा सरकारी छापाखानासँग सम्बन्धित सेवा
  • हातहतियार, खरखजना वा अरू कुनै सैनिक सरसामानको उत्पादन गर्ने, थन्क्याउने, वितरण गर्ने कामसँग सम्बन्धित सेवा
  • सञ्चार सेवा
  • आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
  • खानेपानीको सञ्चालन तथा वितरण सेवा
  • पर्यटन, आवास, मोटेल, होटेल रेष्टुरा र रिसोर्ट सम्बन्धी सेवा
  • पेट्रोलियम पदार्थको पैठारी ढुवानी र वितरणसम्बन्धी सेवा
  • अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी (एम्बुलेन्स सेवा जस्ता सेवाहरु)
  • औषधी निर्माण तथा बिक्री वितरण सम्बन्धी सेवा
  • फोहोर मैलाको सङ्कलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार (निर्माण र सङ्कलन स्थल एवं व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा,
  • बैंकिंङ सेवा
  • बीमा सेवा
  • विद्युत सेवा
  • दैनिक उपभाग्य वस्तुहरू (खाद्यान्न, दाल चामल नुन तेल) को पठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा ।
  • मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा
  • राजपत्रमा रहेका यी बाहेकका अन्य सबै संस्था चैत ९ गतेदेखि बन्द गर्नुपर्ने भएको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ७ : १२ बजे

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका