मार्टिन ब्रेथवेइटे बार्सिलोनामा अनुबन्धित | Khabarhub Khabarhub

मार्टिन ब्रेथवेइटे बार्सिलोनामा अनुबन्धित


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  डेनिस फरवार्ड मार्टिन ब्रेथवेइटे स्पेनिस क्लब बार्सिलोनामा अनुबन्धित भएका छन ।

२८ वर्षे फरवार्ड मार्टिनलाई बार्सिलोनाले लेगानेसबाट अनुबन्धन गरेको हो । मार्टिनले बार्सिलोनासँग सन् २०२४ को जुन ३० सम्मको सम्झौता गरेका छन् ।

बार्सिलोनाले मार्टिनलाई १५ मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो । खेलाडी अनुबन्धको समय सकिए पनि विशेष आग्रहपछि ला लिगाले बार्सिलोनालाई अनुबन्धको अनुमति दिएको थियो ।

फरवार्ड लुइस स्वारेज र ओसुमाने डेम्बेले चोटका कारण लामो समय मैदान बाहिर रहने भएपछि बार्सिलोनाले फरवार्ड अनुबन्धको लागि आग्रह गरेको थियो ।

स्वारेजले यस सिजन गुमाउने छन् भने डेम्बेले ६ महिना मैदान बाहिर रहने छन् । मार्टिनले यस सिजन लेगानेसका लागि २४ खेलमा ६ गोल गरेका थिए ।

 

 

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ९ : १२ बजे

जनकपुर–जयनगर रेल सेवा तीन दिनका लागि बन्द

काठमाडौं– जनकपुर–जयनगर रेल सेव आजदेखि तीन दिनका लागि बन्द भएको

कानूनसहित तीन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदका तीनवटा समितिको बैठक आज बस्दै छ ।

वायु प्रदूषणबाट आँखालाई कसरी जोगाउने ?

काठमाडौं – उपत्यकामा वायु प्रदूषण उच्च बिन्दुमा पुगेकाले मानिसको समग्र

बागमतीमा आजबाट नेवाः र तामाङ भाषा सरकारी कामकाजमा प्रयोग हुने

काठमाडौं– नेवारी र तामाङ भाषालाई बागमती प्रदेशमा आजदेखि सरकारी कामकाजमा

जापानी विदेशमन्त्री योको आज नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आज