कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा पौडेललाई | Khabarhub Khabarhub

कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा पौडेललाई


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कान्ति बाल अस्पतालको निर्देशकको जिम्मेवारी डा कृष्ण पौडेललाई दिइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले डा पौडेललाइ कान्तिको प्रमुखको जिम्मेवारी दिएका हुन्। साविकका अस्पताल निर्देशक डा आरपी बिच्चालाई भने सरुवा गरिएकाे छैन । उहाँलाई हाल यही अस्पतालमै राखिएको छ ।

स्वास्थ्यमन्त्री ढकालले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दैै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशकमा महेन्द्र प्रसाद श्रेष्ठ नियुक्ति गरेका छन् ।

विभागका निमित्त महानिर्देशक रहेका डा रोशन पोखरेललाई भने स्वास्थ्य मन्त्रालय सरुवा गरिएको छ ।

यस्तै मन्त्रालयकाे नीति योजना महाशाखाको जिम्मेवारी डा गुणराज लोहनीले पाएका छन् ।  यसअघि डा विकास देवकोटाले मन्त्रालयमा नीति योजना महाशाखा सम्हाल्दै आएका थिए । डा देवकोटालाई भने स्वास्थ्य समन्वय महाशाखाकाे जिम्मेवारी दिइएको छ ।

यसै क्रममा डा सन्तोष पौडेल राष्ट्रिय ट्रमा सेन्टरकोे निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट भएका छन् । टेकुमा रहेको शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशक रहेका डा बासुदेव पाण्डेलाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको छ ।

त्यहाँका निर्देशक डा विवेक कुमार लाललाई राष्ट्रिय क्षयरोग केन्द्रमा पठाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशन डा सागरराज भण्डारीलाई टेकु अस्पतालको निर्देशक बनाइएको छ ।

यस्तै डा रविन खड्कालाई वीर अस्पतालमा ल्याइएको छ । कोशी अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टकाे जिम्मेवारी डा चुमनलाल दाशलाई तथा भेरी अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्टकाे जिम्मेवारी डा प्रकाश थापालाई दिइएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ८ : २६ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र