बाँस्कोटाको राजीनामा पछि दुईवटा मन्त्रालय मन्त्री विहीन | Khabarhub Khabarhub

बाँस्कोटाको राजीनामा पछि दुईवटा मन्त्रालय मन्त्री विहीन


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सञ्चार सूचना तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएका छन् ।

आफूले प्रधानमन्त्री समक्ष नैतिकताको आधारमा पदबाट राजीनामा दिएको बाँस्कोटाले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
सामाजिक सञ्जालमा बाँस्कोटाले लेखेका छन्,‘ मेरो बारेमा प्रश्न उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्री पदवाट राजिनामा दिएको जानकारी गराउँदछु । धन्यवाद ।’

उनले राजीनामा दिएको बारे प्रतिनिधिसभा बैठकमा सभामुख अग्नि सापकोटाले अनौपचारीक जानकारी आएको जनाइसकेका थिए ।

सेक्युरिटी प्रिन्टिङ प्रेसका विषयमा गरिएको ७० करोड रुपैयाँ कमिसनको डिलको अडियो बुधवार राति सार्वजनिक भएको थियो ।

दुई मन्त्रालय खालि

बाँस्कोटाले राजीनामा दिएसँगै दुई मन्त्रालय मन्त्री विहीन बनेका छन् ।

बाँस्कोटाले सञ्चारसहित सहरी विकास मन्त्रालय पनि सम्हालिरहेका थिए ।

गत पुस २५ गतेबाट बाँस्कोटाले सहरी विकास मन्त्रालय पनि सम्हालेका थिए । सहरी विकास राज्य मन्त्री रामवीर मानन्धर रहेका छन् ।

समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएसँगै खाली रहेको सहरी विकास मन्त्रीको जिम्मेवारी बाँस्कोटाले पाएका थिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ५ : २३ बजे

टोटनह्याममाथि चेल्सी २-० ले विजयी

काठमाडौं- इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ

बिग्रँदो टर्की इजरायल सम्बन्ध

काठमाडौं – इजरायलले गाजामा लगातार आक्रमण जारी राखेर मानवता विरोधी

बागमतीका १३ जिल्लाका कांग्रेस नेता तथा जनप्रतिनिधि दोलखामा 

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश अन्तर्गतका १३ जिल्लाका कांग्रेस नेता

एकीकृत समाजवादी चितवनको अध्यक्षमा कन्दङ्गवा

चितवन– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १०औँ जिल्ला अधिवेशनले

आइपिएलमा आज मुम्बई र कोलकोता भिड्दै

काठमाडौं- इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै