बाँस्कोटा विरुद्ध विमानस्थलमा प्रदर्शन, नेविसंघले देखायो कालो झण्डा | Khabarhub Khabarhub

बाँस्कोटा विरुद्ध विमानस्थलमा प्रदर्शन, नेविसंघले देखायो कालो झण्डा


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कमिसन माग गरिएको अडियो सार्वजनिक भएपछि विवादमा तानिएका सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटा विरुद्ध नाराबाजी भएको छ ।

धनगढीबाट केही बेर अघि त्रिभुवन विमानस्थलमा ओर्लेका मन्त्री बाँस्कोटा विरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघका कार्यकर्ताले विरोध गरेका हुन् ।

विमानस्थलको गेटमा मन्त्री बाँस्कोटा विरुद्ध नेविसंघका कार्यकर्ताले नाराबाजी गर्दै कालोझण्डा देखाएका हुन् । यसअघि नेपाली कांग्रेसले मन्त्री बाँस्कोटाको बर्खास्तीको माग गरेको थियो ।

बाँस्कोटा विमानस्थलबाट सिधैं बालुवाटार जाने छन् ।

प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले उनलाई अडियो प्रकरणबारे कुराकानी गर्न बालुवाटार बोलाएका थिए ।

यसअघि आजै विहान नेकपाका दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अडियो प्रकरणबारे छलफल भएको थियो ।

मन्त्री बाँस्कोटालाई राजीनामा गराउन प्रचण्डले ओलीलाई सुझाव दिएका थिए ।

यसअघि कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष बाँस्कोटालाई तत्काल बर्खास्त गर्न माग गरेको थियो ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  ३ : ४० बजे

माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

धनगढी– कैलालीको  गौरीगंगामा एक महिलाको माटोको ढिस्कोमा पुरिएर मृत्यु भएको

दूध बिक्रीबाट मनग्य आम्दानी

तम्घास– गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२

बाजुरामा एक महिलाको शव फेला

बाजुरा– बाजुरामा शनिबार एक महिला मृत अवस्थामा फेला परेकी छिन्।

व्यासका आठ सय जनालाई अपांगता परिचयपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाले हालसम्म आठ सय ८२ जनालाई अपांगता

कप्तान रोहित बने ‘प्लेयर अफ द सिरिज’

काठमाडौं- नेपाली कप्तान रोहित पौडेल वेस्ट इन्डिज ए विरुद्धको टी-२०