सञ्चारमन्त्रीलाई १३ किलोको माला लगाएर स्वागत | Khabarhub Khabarhub

सञ्चारमन्त्रीलाई १३ किलोको माला लगाएर स्वागत


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटालाई १३ किलोको माला लगाएर स्वागत गरिएको छ ।

मन्त्री बाँस्कोटालाई कञ्चनपुरको भीमदत्तनगरमा बुधबारदेखि शुरु भएको १३ औँ सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा १३ किलोको मालाले स्वागत गरिएको हो ।

बुधबारको कार्यक्रममा मन्त्री बाँस्कोटाको स्वागत गरिएपनि यो तस्वीर भने आज सामाजिक सञ्जालमा छाएको छ ।

मन्त्री बाँस्कोटाको सेक्युरिटी प्रिन्टिङ प्रेसमा भएको अनियमितताको अडियो सार्वजनिक भएपछि यो तस्वीर एकाएक सामाजिक सञ्जालमा छाएको हो ।

कञ्चनपुर उद्योग बाणिज्य संघका पदाधीकारीले १३ किलोको माला लगाएर मन्त्रीलाई स्वागत गरेको तस्वीर राससका शेरबहादुर सिंहले खिचेका हुन् ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १ : १३ बजे

भारतका महालेखापरीक्षकले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहनुभएका छिमेकी मित्रराष्ट्र

भारतको कारखानामा विस्फोट हुँदा दुई जनाको मृत्यु

नयाँदिल्ली– उत्तरी भारतीय राज्य पन्जाबको रबर कारखानाभित्र विस्फोट हुँदा दुई

इन्टरनेट नचल्दा रोकियो राहदानीको ‘लाइभ इनरोलमेन्ट’

काठमाडौं- भारतीय कम्पनी एयरटेलले भुक्तानी नपाएको भन्दै नेपालको ब्यान्डविथ आपूर्ति

एक सातामा ३३ अंकले बढ्यो नेप्से, कुन दिन कस्तो थियो बजार ? 

काठमाडौं– नेपाल स्टक एक्जेञ्ज (नेप्से) पछिल्लो सातामा ३३।०३ अंकले बढेको

कर्णालीमा डुबेर एक जना बेपत्ता

धनगढी– कर्णाली नदीमा एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल