एभरेष्ट बैंक र हेफर इन्टरनेशनलबीच महिला उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्ने सम्झौता | Khabarhub Khabarhub

एभरेष्ट बैंक र हेफर इन्टरनेशनलबीच महिला उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्ने सम्झौता


८ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एभरेष्ट बैंक र हेफर इन्टरनेशनल नेपाल बीच बाख्रापालन, डेरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न महिला उद्यमीलाई सहुलियत कर्जा प्रदान गर्नको लागि सम्झौता भएको छ ।

एभरेष्ट बैंकका नायब महाप्रबन्धक गिरिश कोहली र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा. शुभनारायण महतो द्वारा उक्त सम्झौता हस्ताक्षर र आदानप्रदानको कार्यक्रम सम्पन्न भएको छ ।

२०५१ साल देखि वाणिज्य बैंकिंग क्षेत्रमा कार्यरत रहेको एभरेष्ट बैंकको हाल १० लाख ग्राहक रहेका छन् । यसैगरी बैंकको देशभरि ९५ शाखा, १२२ ए.टि.एम र ३० रकम संकलन केन्द्र रहेका छन् ।

यस बैंक सन् २०१९ को बेस्ट म्यानेज्ड वाणिज्य बैंक अवार्डबाट सम्मानित भएको छ । यसैगरी हेफर इन्टरनेशनल नेपालले हालसम्म ४१ जिल्लामा २५४,००० गरिब तथा पिछडीएको परिवारलाई सहयोग गर्दै साना किसानको दिगो जिविकोपार्जन विकासको लागि कार्यक्रम गर्दै आएको छ ।

हेफेरले महिला सहकारीहरुमा वित्तिय पहुँच पुर्‍याउने काम पनि गर्दै आएको छ । यसैगरी बिगत ७५ वर्षदेखि हेफरइन्टर नेशनलले १२५ देशहरुमा सेवा प्रदान गर्दैआएको छ ।

यस सम्झौतासंगै दुवै संस्थाले बाख्रापालन, डेरी व्यवसाय, तरकारीखेती, कुखुरा पालनमा संलग्न ग्रामीण भेगका महिला उद्यमीहरुलाई वित्तिय पहुँच पुर्‍याउनका लागि संयुक्त प्रयास गर्नेछ ।

यस साझेदारीले उद्यमीहरुको क्षमताको आंकलन र विकासमा केन्द्रित हुँदै उनीहरुलाई आफ्नो व्यवसायको विस्तार गर्न सक्षम बनाउनेछ ।

एभरेष्ट बैंकले आफ्नो पहुँच र शाखाहरुको उपयोग गर्दै हेफर नेपालले सहयोग गरेको सामाजिक उद्यमी महिला सहकारीहरु यससंग सम्बद्ध महिला उद्यमीहरुलाई सहजरुपमा कर्जा उपलब्ध गराउनेछ भने हेफरले सहकारीहरुसंग संयुक्त रुपमा साना तथा मझ्यौला महिला उद्यमीहरुको पहिचान गर्दै उनीहरुलाई बैंकसंग जोड्ने छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०७६, बिहीबार  १२ : ४९ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर