सेनाका हरेक व्यक्ति आदर्शवान र पारदर्शी बन्नुपर्छः प्रधानसेनापति थापा | Khabarhub Khabarhub

सेनाका हरेक व्यक्ति आदर्शवान र पारदर्शी बन्नुपर्छः प्रधानसेनापति थापा


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाका हरेक व्यक्ति आदर्शवान र आर्थिक रुपमा पारदर्शी हुनुपर्ने बताएका छन् ।

गत कात्तिक १ बाट सञ्चालन भएको ‘सबैभन्दा पहिला हामी सिपाही’ कार्यक्रमको सोमबार जंगी अड्डामा समापन गर्दै प्रधानसेनापति थापाले नेपाली सेनाले विशिष्ट छवि बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘२१औं शताब्दीको सिपाही आर्थिक रुपमा पारदर्शी, सम्मानित र आदर्शवान हुनुपर्दछ । सेनाको सिपाहीको एक विशिष्ट चरित्र हुन्छ भन्ने पक्षलाई आमनागरिक, समाज र राष्ट्रले देख्‍न र महशुस गर्न चाहन्छन् ।’

थापाले संगठनको प्रभावकारिता अभिवृद्धि गर्न र संगठन भित्रका सबैको एउटै बुझाई हुनुपर्ने बताए ।

कार्यक्रममा सेनानी मीनबहादुर बस्नेतले विभिन्न ज्ञान, सीप र क्षमतालाई नेपाली सेनाले सहकार्यको भावना राख्दै समुचित प्रयोग गर्नुपर्ने बताए ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ९ : ४३ बजे

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी

मुम्बई १४५ रनमा समेटिँदा कोलकाताको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बागमतीसहित पाँच प्रदेशमा हल्का वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २२ गते शनिबार सन् २०२४

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २२ गते शनिबार तदनुसार