अवैध रुपमा पोर्चुगल जान लागेका ८ नेपाली रोमानियामा पक्राउ | Khabarhub Khabarhub

अवैध रुपमा पोर्चुगल जान लागेका ८ नेपाली रोमानियामा पक्राउ


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अवैध रुपमा पोर्चुगल जान लागेको ८ जना नेपाली रोमानियामा पक्राउ परेका छन् ।

साइबेरिया प्रवेश गर्न लागेको अवस्थामा ८ जना नेपालीलाई रोमानियाको सीमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका नेपालीहरु पोर्चुगल जान लागेका रोमानियन प्रहरीले जनाएको छ ।

रोमानियाको ‘अस्थायी आवासीय अनुमति’ लिएका ती नेपालीहरू २२ देखि ३५ वर्ष उमेरका रहेको जनाइएको छ ।

रोमानियाको टिमिसोरादेखि जिम्बोलियासम्म रेलयात्राबाट पुगेका उनीहरुले त्यहाँबाट अवैध रूपमा सीमा पार गरी पोर्चुगल जान लागेको प्रहरीलाई बयान दिएका छन् ।

पक्राउ परेका उनीहरूलाई त्यहाँको शरणार्थी केन्द्रमा राखिएको रोमानियन बोर्डर पुलिसले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ७ : २८ बजे

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने

मुक्त कमैयाका सवालमा प्रदेश सरकार गम्भीर छ : मन्त्री थापा

कैलाली – सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री टीका

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

वेनचाङ – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

काठमाडौं –काठमाडौँ महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने

अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते

अछाम – अछाममा एक जना बँदेलको आक्रमणबाट घाइते भएका छन्।