नेप्से परिसूचक : सोमबार २ अर्ब बराबरको सेयर किनबेच | Khabarhub Khabarhub

नेप्से परिसूचक : सोमबार २ अर्ब बराबरको सेयर किनबेच


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साताको दोस्रो दिन सेयर बजारमा उत्साह कायमै रहेको छ । निरन्तर उकालो लागेको परिसूचकमा सोमबार करेक्सन हुँदा बजारमा करिब २ अर्ब बराबरको सेयर किनबेच भएको छ ।

सोमबारको नेप्से परिसूचक २६.५४ अंकले घटेर १३१७ अंकमा अडिएको छ । जुन अघिल्लो दिनको तुलनामा करिब २ प्रतिशतले घटेको हो । गत दुई सातादेखि निरन्तर दोहोरो अंकले बढेर उच्च अंकमा पुगेको बजारमा नाफा बुक गर्नेहरुको हावी हुँदा त्यसको प्रभाव नेप्से परिसूचकमा देखिएको हो ।

दोहोरो अंकले घटेको बजारमा एक अर्ब ९७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन कूल १८२ कम्पनीको ५८ लाख ४६ हजार २३८ कित्ता सेयर खरिद बिक्री भएका छन् । जसमध्ये हिमालयन डिष्टिलरीको सबैभन्दा बढी अर्थात २० करोड ९२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, नेपाल क्रेडिट एण्ड कमर्श बैंकको १३ करोड ३२ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।
सोमबार कारोबारमा आएका १२ वटै समूह राताम्मे देखिएका छन् । आइतबार त्रिपल डिजिटले बढेका जीवन र निर्जीवन बीमा समूह त्रिपल डिजिटले नै ओरालो लागेका छन् । जीवन बीमा १५४ र निर्जीवन बीमा ११६ अंकले घटेका छन् । त्यस्तै, म्युचअल फण्ड समूह सामान्य अंकले घटेको छ भने बाँकी समूह दोहोरो अंकले ओरालो लागेका छन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ४ : ५४ बजे

संरक्षण थालिएको ताल नै सुकेपछि…

बागलुङ– बागलुङको काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित खोरताल पाँच वर्ष अगाडिसम्म पानीले

खडेरीले सुक्न थाले मकैका बोट

झापा– झापामा लामो खडेरीले खेतमै बाली सुक्न थालेपछि झापाका किसान

आईपीएल : आज मुम्बई र सनराइजर्स भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इण्डियन्स र

युवतीलाई गोंगबुको होटलमा बोलाएर कुटपिट, मध्यरातमा मृत्यु

काठमाडौं- गोंगबुको मित्रनगरमा रहेको स्टार जोन होटलमा शुक्रबार राति एक

नेपालीको आम समस्या बन्दै मिर्गौलाको पत्थरी

काठमाडौं – मिर्गौलाको पत्थरी नेपालमा आम समस्या बन्दै गएको छ।