असई बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा नेकपा नेता पक्राउ | Khabarhub Khabarhub

असई बनाइदिन्छु भन्दै ठगी गरेको आरोपमा नेकपा नेता पक्राउ


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– प्रहरीका असई (सहायक निरीक्षक) बनाइदिन्छु भन्दै ठगी गर्ने दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता पक्राउ परेका छन् ।

नेकपाको प्रदेश नम्बर २ को प्रदेश कमिटी सदस्य रहेका रामबाबु बैठा पीडित पक्षको उजुरीका आधारमा पक्राउ परेका हुन् ।

रौतहटको मौलापुर–७ का प्रदीप कुमार साह कानुले दिएको उजुरीका आधारमा बैठालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।

कानुले बैठासँगै सुनिल चौरसियाविरुद्ध पनि उजुरी दिएका थिए । पर्सा प्रहरीले बैठा र चौरसियाविरुद्ध ठगी मुद्दामा अनुसन्धान शुरु गरेको थियो ।

प्रहरीका अनुसार नेकपा नेता बैठाले असई बनाइदिन्छु भन्दै ५ लाख रुपैयाँ लिएको पीडित पक्षको दाबी छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ४ : ०६ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र