खेतको डिलमा फेला पर्‍यो ३ वर्ष अगाडि हराएको चन्दननाथ मन्दिरको मूर्ति | Khabarhub Khabarhub

खेतको डिलमा फेला पर्‍यो ३ वर्ष अगाडि हराएको चन्दननाथ मन्दिरको मूर्ति


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

खलंगा– जुम्ला सदरमुकाम (खलंगा)स्थित चन्दननाथ मन्दिरबाट हराएको दत्तात्रयको मूर्ति ३ वर्षपछि फेला परेको छ ।

२०७३ सालको मंसिर महिनामा मन्दिरबाटै हराएको दत्तात्रको मूर्ति खेतको डिलमा फेला परेको प्रमुख जिल्ला अधिकारी दूर्गा बञ्जाडेले जानकारी दिइन् ।

चन्दननाथ मन्दिरबाट ११ मंसिर २०७३ मा दत्तात्रेय भगवानसहित अरु स–सना गरी १४ वटा मूर्ति हराएका थिए ।

स्थानीयले मन्दिरबाट मूर्ति चोरी भएको जनाएका थिए । मन्दिरबाट हराएका मूर्तिको खोजीका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)सहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको टोली समेत परिचालन गरिएको थियो ।

तर, हराएको ३ वर्ष पछि चन्दननाथ नगरपालिका–१ दानसाँघुस्थित खेतमा मूर्ति फेला परेको हो ।

खेतको डिलमा मूर्ति भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मूर्ति फेला परेको सूचना पछि जिल्ला प्रशासन कार्यालयसहित प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भएको थियो ।

अहिले मूर्तिलाई प्रशासनमा ल्याएर सुरक्षित राखिएको प्रजिअ बञ्जाडेले जानकारी दिइन् ।

पत्रकार सम्मेलन गरी सार्वजनिक गरिए पछि मूर्तिलाई पुनः चन्दननाथ मन्दिरमा राखिने जनाइएको छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  १ : ०६ बजे

बागमती प्रदेशमा वैशाख २८ देखि युवा सम्मेलन

मनहरी– बाग्मती प्रदेश युवा परिषद्ले दोस्रो प्रदेश युवा सम्मेलन आयोजना

व्यक्ति विशेष संसदीय छानबिन समिति असम्भव : सचेतक बर्तौला 

काठमाडौं –नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले व्यक्ति विशेष

पर्यटकलाई राम्रो होटल मिलाइदिन्छु भन्दै बार्गेनिङ गरी दुःख दिएकोआरोपमा पाँच जना पक्राउ

पोखरा– पोखरामा सर्वसाधारण नागरिक तथा पर्यटकहरूलाई दुःख हैरानी दिएको अभियोगमा

रविलाई लेखकले भने, ‘राम्रो नेता प्रश्नले घेरिनुहुँदैन, छानबिन समिति बन्नुपर्छ’ 

काठमाडौं–नेपाली कांग्रेसका प्रमुख प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगीमा मुछिएका

काफल बेचेर मनग्य आम्दानी

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–५ की ४२ वर्षीय गीता वादी हिजोआज