ग्यास गिजरमा नुहाउनेहरु सावधान ! | Khabarhub Khabarhub

ग्यास गिजरमा नुहाउनेहरु सावधान !


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पछिल्लो केहि दिन यता देशभर चिसो बढेको छ । चिसो बढेसंगै पानी पनि चिसो हुने गर्दछ ।

चिसो मौसममा सबैभन्दा गााहो मानिने काम मध्ये एक हो, नुहाउनु । त्यसैले धेरैले नुहाउनु अघि पानी तताउने गर्दछन् । नुहाउने पानी तताउने एक माध्यम हो, गिजर ।

सहज र सरल तरीकाबाट पानी तताउने माध्यम ग्यास गिजर धेरैको रोजाइमा पर्दछ । तर कतिपय अवस्थामा सही तरीकाले गिजरको प्रयोग गरीएन भने यसले समस्या पनि निम्त्याउछ । त्यसैले गिजरको प्रयोग गर्दा सावधानि अपनाउनु पर्दछ ।

यस्तो छ, गिजरमा नुहाउँदा हुने हानी

यदि सावधानि पुर्वक गिजर प्रयोग गर्न नसके ज्यान जानेसम्मको खतरा हुन्छ । ग्यासको माध्यमबाट प्रयोग हुने गिजरले ग्यास नै उत्पादन गर्दछ । यस प्रकारको ग्यासबाट कार्बनमोनोअक्साइड र नाइट्रोअक्साइड निस्कन्छ ।

जो मानिसका लागी हानी पुर्याउने गर्दछ । सानो वा साघुरो बाथरुममा नुहाउँदा ढोका र भेन्टिलेसन बन्द गर्दा ग्यासबाट उत्पादन भइरहेको कार्बनडाइअक्साइड टक्सिक लेभलमा एकदमै चाँडो पुग्ने गर्दछ ।

यस्तोमा लामो समय बाथरुममा रहँदा केहि मानिस नुहाउँदा नुहाउँदै रीगंटा लागेर बेहोस पनि हुन सक्छन् । बेहोसीको कारण उनीहरु ढोका खोलेर बाहिर निस्कन सक्दैनन् । जसले बाथरुममा नै मानिसको मृत्यु समेत हुनसक्छ ।

त्यसैले नुहाउनु भन्दा पहिला बाथरुमको भेन्टिलटर वा कुनै न कुनै माध्यमबाट हावा निस्कन दिनुपर्छ । जतिसुकै जाडो भएपनि गिजर प्रयोग गर्दा हावा प्रवाह हुने माध्यम खुल्ला राख्न अनिवार्य हुन्छ ।

साथै नुहाउँन जाँदा परीवारका मानिसलाई आफु नुहाउन जान लागेको जानकारी गराउनु पर्छ । जसले धेरै समय बाथरुम रहँदा परीहालेमा उनिहरु सर्तक रहन सकुन् ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ९ : ११ बजे

कतारबाट आएका एक व्यक्ति सिनामंगलमा बन्धक, दुई जना पक्राउ

काठमाडौं– प्रहरीले कतारबाट नेपाल आएका एक व्यक्तिलाई बन्धक बनाउने दुई

राज्यको प्राथमिकतामा उद्यमशीलता : मन्त्री भण्डारी

काभ्रेपलाञ्चोक– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यामशीलताका लागि राज्यले

आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा (तस्बिरहरु)

काठमाडौं– ललितपुरको लेलेस्थित आनन्द हस्पिटल क्षेत्रमा लागेको डढेलो नियन्त्रणमा आएको

एभरेष्ट बैंकको कपिलवस्तुमा चौथो एक्स्टेन्सन काउन्टर उद्घाटन 

काठमाडौं– एभरेष्ट बैंक लिमिटेडले मंगलबार मायादेवी गाउँपालिका-१ पकडी कपिलवस्तुमा तौलिहवा

गर्मी बढेसँगै रगतको अभाव

चितवन– गर्मी बढेसँगै चितवनमा रगतको अभाव देखिएको छ । गर्मीले