मेस्सीको गोलमा बार्सिलोना विजयी, उक्लियो शीर्ष स्थानमा | Khabarhub Khabarhub

मेस्सीको गोलमा बार्सिलोना विजयी, उक्लियो शीर्ष स्थानमा


६ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले जित निकालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले ग्रानाडालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन खेलको ७६ औं मिनेटमा लियोनल मेस्सीले गरेको गोल नै निर्णायक बन्यो । मेस्सीले जित सहित नयाँ प्रशिक्षक क्विक सेटिनलाई क्लबमा स्वागत गरेका छन् ।

अर्नेस्टो भाल्भर्डेलाई बर्खास्त गर्दै सेटिनलाई बार्सिलोनाले नयाँ प्रशिक्षकमा नियुक्त गरेको थियो । डेब्यु खेलमै सेटिनले जित प्राप्त गरेका छन् ।

६९ औ मिनेटमा साञ्चेज रातो कार्ड खादै मैदान बाहिरिएपछि ग्रानाडा १० खेलाडीमा सिमित बनेको थियो ।

बार्सिलोनाले अधिकांश समय बलमा पोजिसन लिए पनि गोल गर्न भने सकेन । जब डिफेन्डर साञ्चेज कार्ड खादै मैदान बाहिरिए, मेस्सीले गोल गर्न सफल रहे ।

मेस्सीको गोलसंगै बार्सिलोना ४३ अंक सहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । ग्रानाडा २७ अंक सहित तालिकाको १० औं स्थानमा छ ।

प्रकाशित मिति : ६ माघ २०७६, सोमबार  ६ : ५८ बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र