सर्वोच्च बारको नयाँ कार्यसमिति चयनका लागि भएको चुनावको मत गणना जारी | Khabarhub Khabarhub

सर्वोच्च बारको नयाँ कार्यसमिति चयनका लागि भएको चुनावको मत गणना जारी


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सर्वोच्व अदालत बार एशोसिएशनको नयाँ कार्यसमितिका लागि मतदान सम्पन्न भई मतगणना शुरु भएको छ ।

प्रमुख निर्वाचन अधिृकत राजु खड्काका अनुसार सर्वोच्च अदालत परिसरमा आयोजना गरेको सर्वोच्च बारको निर्वाचनमा मतदान सकिएर मतगणना शुरु गरिएको  हो ।

मतगणनाको आजै नतिजा आउने छ । निर्वाचनमा प्रगतिशील, पेशागत, देशभक्त तथा समावेशी कानून व्यवसायी समूहको नेतृत्व वरिष्ठ अविधक्ता रविनारायण खनाल र वृहत लोकतान्त्रिक समावेशी (मधेशी, आदिवासी र जनजाती) पेशागत कानून व्यवासायी समूहको नेतृत्व वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले गरेका छन् ।

प्रगतिशील समूहमा उपाध्यक्ष मुकुन्दप्रसाद पौडेल, सचिव अञ्जिता खनाल, सहसचिव शोभा कार्की, कोषाध्यक्ष श्यामकुमार खत्री, महिला सदस्यमा देवी रेग्मी रहेका छन । त्यस्तै, खुल्ला सदस्यहरुमा अधिवक्ताहरु कृष्णप्रसाद न्यौपाने, अनन्त कार्की, अनन्तराज लुइँटेल, तिलकविक्रम पाण्डे, दिपनारायण शाह, रमेशराज शर्मा सिग्देल, छविराल घिमिरे, लेखनाथ भट्टराई र दिलकमारी राई रहेका छन् ।

त्यस्तै, प्रजातान्त्रिक समूहमा उपाध्यक्ष नवराज रिजाल, सचिव ऋषिराम घिमिरे, सहसचिव शर्मिला श्रेष्ठ, कोषाध्यक्ष विनोदकुमार कार्की, महिला सदस्य अमिता गौतम पौडेल रहेका छन । सदस्यहरुमा विजयकुमार प्रधान, ज्योतिदेव पनेरु, ओमकृष्ण श्रेष्ठ, विकास भट्टराई, राजेन्द्रप्रसाद साह, खडानन्द कँडेल, मिराज श्रेष्ठ, डा रामहरि त्रिपाठी र निर्मला भण्डारी रहेका छन् ।

सर्वोच्च बारको सदस्यका हुनका लागि कम्तीमा १० वर्ष कानून व्यवसायीका रुपमा काम गरेको हुनुपर्दछ । सर्वोच्च अदालतबाट कम्तीमा सातवटा फैसला भएको व्यवस्था रहेको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ६ : १२ बजे

प्रिमियर लिगको उपाधि लगातार चौथो पटक जित्दै सिटीले रच्यो दुर्लभ इतिहास

काठमाडौं- म्यान्चेस्टर सिटीले लगातार चौथोपटक इङ्लिस प्रिमियर लिगको उपाधि जितेको

इरानमा राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना, खोजी जारी

तेहरान – इरानका राष्ट्रपति इब्राहिम रायसी सवार हेलिकप्टर आइतबार खराब

जैविक विविधता संरक्षणमा डब्लुडब्लुएफको योगदान प्रशंसनीय : वनमन्त्री सुडी

काठमाडौं – वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडीले जैविक विविधता

नक्कली लेबलिङ गरेर कम्प्युटर बेचबिखन गर्ने दुईजना पक्राउ

कामठाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले डेल कम्पनीको लोगो

रविले बोले पनि फुकेन संसदको गाँठो

काठमाडौं- प्रतिनिधिसभा बैठकमा भइरहेको अवरोध हटाउने सत्तापक्ष र प्रतिपक्षको केही