अमेरिकामा कोरोनाको दोस्रो खोप स्वीकृत, मोदेर्नाको खोप पनि सर्वसाधारणलाई लगाइने | Khabarhub Khabarhub

अमेरिकामा कोरोनाको दोस्रो खोप स्वीकृत, मोदेर्नाको खोप पनि सर्वसाधारणलाई लगाइने


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले कोरोना भाइरसविरुद्धको दोस्रो खोप पनि स्वीकृत गरेको छ ।

खोप तथा औषधि सम्बन्धी अमेरिकाको नियामक निकाय फूड एण्ड ड्रग एड्मिनिस्ट्रेशन (एफडिए) ले मोदेर्नाले विकास गरेको खोपलाई पनि आपतकालीन रुपमा सर्वसाधारणको प्रयोगका लागि स्वीकृति प्रदान गरेको बीबीसीले जनाएको छ ।

एफडिएको सल्लाहकार बोर्डका विज्ञहरुले मोदेर्नाको खोप सुरक्षित तथा प्रभावकारी रहेको भन्दै सर्वसम्मतरूपमा स्वीकृति प्रदान गर्न सुझाए लगत्तै एफडीएले स्वीकृति दिएको हो ।

यसअघि एफडिएले फाइजर–बायोएनटेकले विकास गरेको खोपलाई स्वीकृति प्रदान गरेपछि हाल सर्वसाधारणलाई लगाउन थालिएको छ ।

दुई खोपले स्वीकृति पाएसँगै कोरोना भाइरसको सबैभन्दा धेरै चपेटामा परेको अमेरिकामा सर्वसारधारणको जीवन सुरक्षित हुने अपेक्षा गरिएको छ ।

अमेरिकामा शनिबार यो समाचार तयार पार्दा ३ लाख २० हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ भने १ करोड ७८ लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ७ : १९ बजे

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान

खाना खानुअघि थाल वरिपरि अप्सनी किन गरिन्छ ? 

काठमाडौं– नेपाली समाजमा गरिने विभिन्न संस्कारहरू आ–आफ्नो आस्था अनुसार धर्मसँग

नेपाल इङ्ल्याण्ड ‘सी’ सँग २-० ले पराजित

काठमाडौं– नेपाल इङ्ल्याण्डको सी  टिमसँग पराजित गरको छ । इङल्याण्डको

म्यान्मारको एउटा सहर नियन्त्रणमा लिएको विद्रोही समूहको दाबी

म्यान्मार – म्यान्मारको उत्तरी इलाकाको एउटा सहर नियन्त्रणमा लिएको त्यहाँको

रास्वपा संसदीय दलको बैठक बस्दै

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वप) संसदीय दलको बैठक आज बस्दै