प्रेम प्रस्ताव अस्वीकार गर्दा युवकको अनुहार नै चैट ! | Khabarhub Khabarhub

प्रेम प्रस्ताव अस्वीकार गर्दा युवकको अनुहार नै चैट !


४ पुस २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको बरेलीमा भएको एउटा घटनाले यतिबेला हंगामा मच्चाएको छ ।

बरेलीको हाफिजंगजमा कलेजकी एक छात्राले आफूसँगै पढ्ने एक युवकको अनुहारमा ब्लेडले आक्रमण गरेकी छिन् ।

ति युवतीले बारम्बार युवकसँग मनको कुरा शेयर गरे पनि युवकले उनको प्रपोज इन्कार गरेपछि उनले ति युवकलाई ब्लेडले प्रहार गरेकी हुन् ।

युवतीले विवाहको प्रस्ताव राखे पनि युवकले अस्वीकार गरेपछि उनले यस्तो गरको बताएकी छन् । अझै धेरै पढ्न बाँकी रहेको भन्दै युवकले युवतीको प्रस्तावलाई अस्वीकार गरेका थिए । ति युवती उक्त युवकसँग एकोहोरो प्रेममा परेकी थिइन् ।

युवकलाई जति भन्दा पनि नमानेको भन्दै उनले युवकसँग बदला लिनका लागि ब्लेडले प्रहार गरेको बताएकी छन् ।

प्रहरीका अनुसार युवतीले कलेज जाने बाटोमा युवकलाई बोलाएर ब्लेडले युवकमाथि हमला गरेकी थिइन् ।

प्रत्यक्षदर्शीका अनुसार युवतीले ब्लेडले प्रहार गरेर युवकको अनुहार बिगार्ने मनशाय रहेको बताएका छन् । ति युवतीका अनुसार अनुहारमा घाउ बनाइदिएपछि अन्य महिलाहरुले युवकसँग विवाह गर्न चाहदैनन् र आफैसँग विवाह हुने सोचाईले यस्तो गरेकी थिइन् ।

युवक रगताम्य देखेपछि विद्यार्थीहरुले उनलाई अस्पताल लगेका थिए ।- एजेन्सीको सहयोगमा ।

प्रकाशित मिति : ४ पुस २०७७, शनिबार  ५ : १५ बजे

बेलायत पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं – वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिन्छु भन्दै ३४ लाख

काठमाडौं महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

काठमाडौं । काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई

कर्णाली नदीमा किशोरीको शव फेला

बाजुरा- कर्णाली नदीमा शनिबार दिउँसो एक महिलाको शव फेला परेको

आजका समाचार : संसदीय दलको बैठकदेखि क्रिकेटमा नेपाल विजयीसम्म

आगामी बजेट राष्ट्रिय सूचकमा पछि परेका वर्ग र क्षेत्रमा केन्द्रित

बोर्नमाउथमाथि आर्सनल ३-० ले विजयी

काठमाडौं– इङ्लिश प्रिमियर लिग अन्तर्गत आर्सनलले बोर्नमाउथमाथि शानदार जित हासिल