कुवेतमा अलपत्र २७ नेपालीको उद्धार | Khabarhub Khabarhub

कुवेतमा अलपत्र २७ नेपालीको उद्धार


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा- कोभिड–१९ का कारण विगत ८ महिनादेखि कुवेतस्थित अल राकिब बिल्डिङ जनरल कन्ट्र्याक्टिङ कम्पनीमा अलपत्र परेका २७ नेपालीहरुको उद्धार गरिएको छ ।

कुवेतस्थित नेपाली दूतावासले टिकटको व्यवस्था  र स्वदेश फिर्तिको कानूनी पहलकदमी गरेर उनीहरुको उद्धार गरिएको गैर आवासीय नेपाली संघ आइसीसी कुवेतका सदस्य अमित चाम्लिङ राईले जानकारी दिए ।

दूतावास र सरोकारवालाहरुसँगको निरन्तर फलोअप र ४ महिनापछिको अथक प्रयासपछि उनीहरु फ्लाई दुबईको उडानमार्फत स्वदेश फर्किएको राईले बताए ।

कोरोनाको कारण देखाउदै कम्पनीले पारिश्रमिक नदिएपछि पीडित बनेका उनीहरुले कुवेतस्थित लेबरकोर्टमा उजुरी गरेका थिए ।

सोही उजुरी अनुसार कोर्टले कम्पनीका मालिक, नेपाली दूतावासका प्रतिनिधि र पीडित श्रमिकहरुलाई बोलाएर छलफल गरेका थियो ।

काठमाडौँस्थित एस आरके म्यानपावरबाट बाट जनही १ लाख ५० हजार बढी रकम तिरेर आफूहरु कुबेत पुगेको उनीहरुले बताएका छन् ।

कामबिहीन बनेर अलपत्र परेको उनीहरुलाई एनआरएनए कुवेत र विभिन्न संघ सस्थाले खाद्यान्न लगायतको राहत सामग्री उपलब्ध गराउँदै आएका थिए ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ८ : ५८ बजे

सन्धिखर्कका किसानलाई कफीखेती तालिम

अर्घाखाँची– सन्धिखर्क नगरपालिका–१० धरम्पानीमा व्यावसायिक कफीखेती गर्ने किसानलाई एकदिने कफीखेतीसम्बन्धी

ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु

गलकोट– ढोरपाटनमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।  सोमबार

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)