नेशन्स लिगमा इंग्ल्याण्डको फराकिलो जित | Khabarhub Khabarhub

नेशन्स लिगमा इंग्ल्याण्डको फराकिलो जित


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- यूईएफए नेसन्स लिग फुटबलमा इंग्ल्याण्डले आइसल्याण्डमाथि फराकिलो जित निकालेको छ ।

समूह चरणको अन्तिम खेलमा बुधबार राति इंग्ल्याण्डले आइसल्याण्डलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा इंग्ल्याण्डलाई जित दिलाउन फिल फोडेनले दुई गोल गरे । मासन माउन्ट र डिक्लान राइसले एक एक गोल गरे ।

खेलको २०औँ मिनेटमा राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाएका थिए ।

खेलको २४औँ मिनेटमा माउन्टले गोल गर्दै इंग्ल्याण्डको अग्रता २-० को बनाए ।

५४औँ मिनेटमा बिर्किर सेभर्सनले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा आइसल्याण्ड १० खेलाडीमा समेटियो ।

८० औँ मिनेटमा फोडेनले गोल गर्दा इंग्ल्याण्ड ३-० ले अघि रह्यो ।

८६ औँ मिनेटमा फोडेनले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डलाई ४-० को फराकिलो जित दिलाए ।

जितसँगै लिग ‘ए’ समूह बीको इंग्ल्यान्डले ६ खेलमा १० अंक जोड्यो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  १० : ०७ बजे

आज २०८१ साल वैशाख १९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १९ गते बुधबार तदनुसार

लण्डनमा तरबार हमला, एक जनाको मृत्यु

एजेन्सी – संयुक्त अधिराज्य बेलायतको राजधानी लण्डनमा तरबार हमला भएको

जनक शिक्षा जनकपुरले बेच्यो १८ करोड ६७ लाखको पाठ्यपुस्तक

जनकपुरधाम – जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय जनकपुरधामले विगत

गर्मी बढेपछि मालीमा दूधभन्दा बरफ महँगो !

एजेन्सी – पश्चिम अफ्रिकी मुलुक मालीमा गर्मी ह्वात्तै बढ्दा दूधभन्दा

‘लोकतन्त्र सुदृढ गरेरै समृद्धि सम्भव’ : डा. भट्टराई

मोरङ – नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम