अमेरिकामा २ लाख ५६ हजारभन्दा बढी संक्रमितको मृत्यु | Khabarhub Khabarhub

अमेरिकामा २ लाख ५६ हजारभन्दा बढी संक्रमितको मृत्यु


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ५६ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ९५६ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ५६ हजार २५४ पुगेको छ ।

त्यहाँ कोरोना भाइरसको संक्रमण झन् झन् बढ्दै गएको छ ।

अमेरिकामा करिव एक महिनायता दैनिक एक लाखभन्दा बढीमा संक्रमण देखिँदै आएको छ ।

गत शनिबार अहिलेसम्मकै धेरै १ लाख ८३ हजार ५२७ जनामा संक्रमण देखिएको अमेरिकामा आज बिहिबार पनि १ लाख ७३ हजार ६३२ संक्रमित थपिएका छन् ।

योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड १८ लाख ७३ हजार ७२७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ७१ लाख ६६ हजार ९९६ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ४४ लाख ५० हजार ४७७ जनामध्ये २२ हजार १९५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ९ : ५० बजे

रौतहटमा आगलगी हुँदा तीन घर जलेर नष्ट

बैशाख- रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ५ बडहर्वा

सगरमाथासहितका हिमालबाट एक हजार नौ सय किलोभन्दा बढी फोहोर सङ्कलन

सोलुुखुम्बु । सफा हिमाल अभियान टोलीले सगरमाथासहितका हिमालबाट एक हजार

बझाङमा एकीकृत समाजवादीसहित ८ दलको जमानत जफत

काठमाडौं । बझाङको प्रदेश सभामा एमालेका दमन बहादुर भण्डारी विजयी

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै