हिमपातपछि हिल्सा प्रहरी चौकीका प्रहरी सिमकोट फिर्ता | Khabarhub Khabarhub

हिमपातपछि हिल्सा प्रहरी चौकीका प्रहरी सिमकोट फिर्ता


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- नेपाल–चीन सीमा नाका हुम्लाको हिल्सामा खटिएका सुरक्षाकर्मी सदरमुकाम सिमकोट फिर्ता भएका छन् ।

हुम्लाको मुख्य नाका हिल्साबाट सुरक्षाकर्मीको टोली फिर्ता भएको हो ।

उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा प्रहरी चौकीमा कार्यरत प्रहरीको टोली हिमपातपछि चिसो बढेका कारण सिमकोट फिर्ता भएको हो ।

तापक्रम माइनसमा झरेपछि चिसो बढेसँगै बस्न कठिन भएको भन्दै हिल्सा प्रहरी चौकी सदरमुकाम सिमकोट फिर्ता भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो ।

हिल्सा प्रहरी चौकीका प्रहरी निरीक्षक जङ्गबहादुर आलेको नेतृत्वमा रहेको १४ जनाको टोली मङ्गलबार सदरमुकाम सिमकोट सारिएको हो ।

यसअघि सुनखानीमा रहेको प्रहरीचौकी कात्तिक महिनामै सदरमुकाम सिमकोट फिर्ता भइसकेको थियो भने हिल्सा नाकामा खटिएको प्रहरी चौकी मङ्गलबार सीमा छोडेर जिल्ला सदरमुकाम सिमकोट पुगेको छ ।

चिसोका कारण सदरमुकाम सिमकोट आइपुगेका प्रहरीचौकी जेठ महिनामा फिर्ता हुनेभएका छन् ।

यस्तै चीनसँग सीमा जोडिएको हिल्सा नाकामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) टोली चिसो बढे पनि सीमा सुरक्षामै खटिने भएको छ ।

सीमा सुरक्षामा खटिएको प्रहरीचौकी हिल्साबाट सदरमुकाम सिमकोट सारिए पनि सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा रहेका २२ जना उतै बस्ने भएका हुन् ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ९ : ३४ बजे

देवघाटमा दुई वडाका नयाँ भवन निर्माण

तनहुँ– तनहुँको देवघाट गाउँपालिकाका दुई वडामा आफ्नै भवन निर्माण भएका

देशभरका विपन्नलाई काठमाडौं महानगरले निःशुल्क उपचार गरिदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले देशभरका विपन्न नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार

पर्सामा नौ महिनाभित्र ७३९ घरेलु उद्योग स्थापना

पर्सा – जिल्लामा चालु आर्थिक वर्षको नौ महिनामा ८६ करोड

जापानी परराष्ट्रमन्त्री योको नेपाल भ्रमणमा आउने

काठमाडौं– जापानकी विदेशमन्त्री योको कामीकावाले आगामी साता नेपालको भ्रमण गर्ने

अर्थमन्त्री पुनको दाबी : ‘नेपाल लगानीको गन्तव्य बनिसक्यो’

काठमाडौं – अर्थमन्त्री वर्षमान पुनले नेपाल अन्तर्राष्ट्रिय लगानीको आकर्षक गन्तव्य