इटाली नेशन्स लिग फुटबलको फाइनल्स चरणमा   | Khabarhub Khabarhub

इटाली नेशन्स लिग फुटबलको फाइनल्स चरणमा  


४ मंसिर २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इटाली नेशन्स लिग फुटबलको फाइनल्स चरणमा प्रवेश गरेको छ ।

समूह ए थ्री अन्तर्गत बुधबार राति भएको खेलमा बोज्निया–हर्जगोविनालाई २–० ले पराजित गर्दै इटाली फाइनल्स चरणमा पुगेको हो ।

अवे मैदानमा भएको खेलमा इटालीलाई जिताउन बेलोती र बेरार्डीले गोल गरे । इटाली १२ अंकसहित समूहको शीर्ष स्थानमा रहँदै फाइनल चरण पुगेको हो ।

यस्तै बुधबार राति नेदरल्याण्डसले पोल्याण्डलाई २–१ ले पराजित गरे पनि फाइनल्स चरणमा स्थान बनाउन सकेन ।

नेदरल्याण्डसका लागि ७७औँ मिनेटमा मेम्फिस डिपे र ८४औँ मिनेटमा जर्जिनिओ विनाल्डमले पेनाल्टीमा गोल गरे ।

पोल्याण्डले पाँचौँ मिनेटमा कामिल जोज्विकले गोल गर्दै अग्रता दिलाए पनि त्यसलाई कायम राख्न नसक्दा हार बेहोर्‍यो । जितपछि नेदरल्याण्डसको ११ अंक भयो ।

प्रकाशित मिति : ४ मंसिर २०७७, बिहीबार  ६ : ३४ बजे

घरमा आगलागी हुँदा सात लाख बढीको क्षति

डोटी – डोटीमा एक घरमा आगलागी हुँदा सात लाख बराबरको

राष्ट्रपतिकहाँ काठमाडौं उपत्यकाका जनप्रतिनिधि, सुनिता जाँदा गएनन् बालेन्द्र

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौँ उपत्यकालाई स्वच्छ, सफा, सुन्दर र

आजका समाचार : अशोक राईको पार्टी दर्तादेखि एकीकृत समाजवादीले सरकार नछाड्नेसम्म

सभामुखबाट मुख्य दलका शीर्ष नेताहरुको बैठक आह्वान सभामुखले देवराज घिमिरेले

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा