चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख दलबीच भोलि भर्चुअल अन्तर्क्रिया हुने | Khabarhub Khabarhub

चिनियाँ कम्युनिस्ट पार्टी र नेपालका प्रमुख दलबीच भोलि भर्चुअल अन्तर्क्रिया हुने


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग मंगलबार भर्चुअल अन्तर्क्रिया गर्ने भएको छ ।

मंगलवार दिउँसो १ बजे सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, विदेश विभाग प्रमुख माधवकुमार नेपालसहित नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लगायतका दलका प्रतिनिधिसँग सीपीसीका विदेश विभाग प्रमुख सङ ताओ नेतृत्वको टोलीले अन्तर्क्रिया गर्ने जनाइएको छ ।

अन्तर्क्रियामा कांग्रेस सभापति शेरबहादुर देउवा भने सहभागी नहुने जनाइएको छ । कांग्रेसका तर्फबाट सहमहामन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधित्व गर्ने जनाइएको छ ।

‘ट्रान्सहिमालयन मल्टी–डाइमेन्सनल कनेक्टिभिटी नेटवर्क’ (हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल)का विषयमा चिनियाँ पक्षले आफ्नो कुरा राख्ने र नेपालका राजनीतिक दलहरूबाट प्रतिबद्धता खोज्ने जनाइएको छ । ।

सीपीसीले सबै राजनीतिक दलका प्रतिनिधिसँग एकैपटक छलफल गर्न लागेको यो पहिलो पटक हो ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ९ : १० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर