प्रदेश १ कोरोना अपडेट : २४ घण्टामा ३३२ संक्रमित थपिए, ४६५ डिस्चार्ज | Khabarhub Khabarhub

प्रदेश १ कोरोना अपडेट : २४ घण्टामा ३३२ संक्रमित थपिए, ४६५ डिस्चार्ज


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ मा आज ३३२ जना कोरोना संक्रमित थपिएका छन् ।

माेरङमा १४४, सुनसरीमा १३१, झापामा ४१, उदयपुरमा ६, संखुवासभामा ४, इलाममा १ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार धरानमा १ सय जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये ४९ महिला र ५१ पुरुष रहेका छन् ।

विराटनगरमा ७१, बेलबारीमा ३१, कानेपोखरीमा १२, सुन्दरहरैचामा ९, पथरीशनिश्चरेमा ६, कटहरी, बुढीगंगा र उर्लाबारीमा ३–३, रतुवामाईमा २, रंगेली, जहदा, ग्रामथान र लेटाङमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा २१, इनरुवा, रामधुनी, झोक्राहानरसिंह र गढीमा २–२, बर्जु र स्थानीय तह नखुलेका १–१, झापाको मेचीनगरमा १०, विर्तामोडमा ९, दमकमा ६, भद्रपुरमा ४, गौरादहमा ३, झापा गाउँपालिकामा २, अर्जुनधारा, बुद्धशान्ति र कमल गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता उदयपुरको त्रियुगामा ६, संखुवासभाको धर्मदेवीमा ३ र मादीमा १, इलामको रोङमा १ र प्रदेश १ बाहिरका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ । याेसँगै प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार ९८८ पुगेको छ ।

यस्तै प्रदेश १ मा आज ४६५ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज भएकामा होम आईसोलेसनबाट ४५५, विराट मेडिकल कलेजबाट ७ र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ३९ पुगेको छ ।

प्रदेश १ मा आज १ हजार १४४ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएको मध्ये १३२ महिला र २०० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४७ हजार ९९४ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ११ : ०१ बजे

मधेस प्रदेशमा आगलागीबाट ४६ करोडको क्षति

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा आगलागीबाट विगत १० महिनामा रु

राजदरबार संग्रहालय हेर्ने अधिकांशको प्रश्न- राजारानीको हत्या गरेको ठाउँ खै?

काठमाडौं- दाङका ८५ वर्षीय मानबहादुर बुढाथोकी अत्यन्त हर्षित देखिए ।

राप्रपा अध्यक्ष लिङ्देनले गरे ८९औँ पटक रक्तदान

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८९औँ पटक

सूचना प्रवाहलाई प्रभावकारी बनाउन सरकार प्रतिबद्ध : सञ्चारमन्त्री शर्मा

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका सूचना

‘एडिबीले जलवायु परिवर्तनको असरसँग जुध्न नेपाललाई सहयोग गर्छ’

काठमाडौं– एसियाली विकास बैंक (एडिबी) ले जलवायु परिवर्तनको असरसँग जुध्न