दशैँ भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई सभापति देउवाको निर्देशन | Khabarhub Khabarhub

दशैँ भत्ता फिर्ता गर्न कांग्रेस सांसदलाई सभापति देउवाको निर्देशन


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा प्रतिनिधित्व गर्ने पार्टीका सबै सांसदहरुलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएको छ।

संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले सोमबार सांसदहरुलाई भत्ता फिर्ता गर्न निर्देशन दिएका हुन्।

पार्टी सभापतिले संसदीय दललाई पनि भत्ता फिर्ता गर्न निर्देशन दिएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिए ।

सांसदहरु सबै काठमाडौंमा उपलब्ध नभएका कारण बैठक राख्न सम्भव नसकिएकाले दलको नेताका हैसियतले देउवाले दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिएको खाँणले जानकारी दिए ।

जनता भोकभोकै भएको अवस्थामा सांसदहरुले भत्ता लिनु उपयुक्त नहुने भएर यस्तो निर्देशन दिएको उनले बताए।

यसअघि सांसद खाँण, प्रकाशमान सिंह डा. नारायण खड्कालगायतका नेताहरूले दशैँ भत्ता फिर्ताको निर्णय गरिसकेका छन् ।

जनता कोरोना भाइरसको महामारीबाट पीडित भइरहँदा पनि जनताकै प्रतिनिधि भनिएका सांसद्हरूले भने दशैँ भत्ता बापत ६४ हजार ७० रूपैयाँ भत्ता लिएको बाहिरिएपछि चौतर्फि आलोचना भएको छ ।

प्रतिनिधिसभामा कांग्रेसका ६३ र राष्ट्रिय सभामा ६ जना सांसद छन्।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  १२ : २७ बजे

आज आमाको मुख हेर्ने दिन : मातार्तीर्थमा मेला

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औंसीका दिनमा जन्मदाता

बुधबार कृष्ण भगवानको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

आज २०८१ साल वैशाख २६ गते बुधारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २६ गते बुधबार तदनुसार

जेलेन्स्कीको हत्या गर्ने षड्यन्त्र विफल पारेको युक्रेनको दाबी

एजेन्सी – युक्रेनले राष्ट्रपति भोलोदिमर जेलेन्स्कीसहित वरिष्ठ युक्रेनी अधिकारीहरूको हत्याका

सामुदायिक वनमा शव फेला

कञ्चनपुर – वैशाख स् शुक्लाफाँटा नगरपालिका-७ स्थित वातावरण मध्यवर्ती सामुदायिक