प्रिमियर लिग : टोटेनहम र वेस्ट ह्यामको खेल बराबरी | Khabarhub Khabarhub

प्रिमियर लिग : टोटेनहम र वेस्ट ह्यामको खेल बराबरी


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम र वेस्ट ह्याम युनाईटेडबीचको खेल बराबरी भएको छ ।

आइतबार राति भएको खेलमा टोटेनहमले वेस्ट ह्यामसँग ३-३ गोलको बराबरी खेलेको हो ।

घरेलु मैदानमा पहिलो हाफमा लिएको ३-० को अग्रता जोगाउन नसक्दा टोटेनहमले बराबरी खेलेको हो ।

टोटेनहमका लागि ह्यारी केनले दुई गोल गरे । यस्तै सन ह्युङ मिनले एक गोल थपे ।

वेस्ट ह्यामका फाबियन बालबेउना र मानुएल लानजिनीले एक/एक गोल गर्दा एक गोल आत्मघाती उपहार पाएको थियो ।

खेलको पहिलो मिनेटमै सनले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । आठौं मिनेटमा केनले गोल गर्दै घरेलु टोलीलाई २-० को अग्रता दिलाए ।

खेलको १६औं मिनेटमा केनले व्यक्तिगत दोस्रो गोल गरेपछि पहिलो हाफमा टोटेनहम ३-० ले अघि रह्यो ।

तर, दोस्रो हाफमा वेस्ट ह्याम खेलमा फर्कियो । खेलको ८२औं मिनेटमा फाबियनले गोल गर्दै वेस्ट ह्यामलाई ३-१ को स्थितिमा ल्याए ।

खेलको ८५औं मिनेटमा टोटेनहमका डेभिनसन सान्चेजले आत्मघाती गोल गरेपछि खेल ३-२ को अवस्थामा आयो ।

त्यसपछि खेलको ९० औं मिनेटमा मानुएलले गोल गर्दै खेल ३-३ को बराबरी गर्दै वेस्ट ह्यामलाई हारबाट जोगाए ।

वेस्ट ह्यामसँगको खेलसँगै ग्यारेथ बेलले वेस्ट ह्यामका लागि डेब्यु गरेका छन् । रियल मड्रिडबाट एक सिजनका लागि लोनमा आएका बेल ७२ औं मिनेटमा स्टेभेनको स्थानमा मैदान छिरेका थिए ।

बराबरीसँगै टोटेनहमले ५ खेलमा ८ अंक जोडेको छ । टोटेनहम तालिकाको छैठौँ स्थानमा रहेको छ ।

५ खेलमा ७ अंक जोडेको वेस्ट ह्याम भने आठौं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ६ : ०५ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन