सुपर ओभरमा मुम्बईमाथि पञ्जाबको जित | Khabarhub Khabarhub

सुपर ओभरमा मुम्बईमाथि पञ्जाबको जित


३ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- आइपीएल टि-ट्वान्टी क्रिकेटमा किङ्स इलाभेन पन्जाबले सुपर ओभरमा साविक विजेता मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

दुबईमा आइतबार राति भएको खेलमा पन्जाबले मुम्बईलाई सुपर ओभरमा पराजित गरेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा मुम्बईले दिएको १ सय ७७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन जोडेपछि खेल सुपर ओभरमा गएको थियो ।

सुपर ओभरमा सुरुवातमा ब्याटिङ गरेको पन्जाबले २ विकेट गुमाएर ५ रन जोड्यो । जवाफमा मुम्बईले पनि १ विकेट गुमाएर ५ रन बनाएपछि खेल पुन: बराबरीमा सकियो ।

त्यसपछि फेरी अर्को सुपर ओभरको खेल भएको थियो ।  जसमा मुम्बईले १ विकेट गुमाएर ११ रन बनायो । १२ रनको लक्ष्य पन्जाबले बिना विकेटको क्षतिमा ५ बलमा १५ रन जोड्दै जित निकाल्यो ।

सुपर ओभरमा जानु अघि पन्जाबका कप्तान केएल राहुलले ७७ रनको अर्धशतकीय इनिङ्स खेले ।

यस्तै निकोलस पुरण र क्रिस गेलले २४/२४ रन जोड्दा मायांक अग्रवालले ११ रन बनाए । दीपक होडा २३ रनमा अविजित रहदा क्रिस जोर्डन १३ रनमा आउट भए ।

मुम्बईका जस्प्रित बुम्राहले ३ विकेट लिए । राहुल चाहरको नाममा २ विकेट रहयो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७६ रन बनाएको थियो ।

मुम्बईका लागि क्विन्टन डी ककले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै हार्दिक पाण्डयले ३४ रन जोड्दा कप्तान रोहित शर्मा ९ रनमा आउट भए ।

केइरन पोलार्डले अविजित ३४ रन जोड्दा नाथन कल्टर २४ रनमा अविजित रहे ।

पन्जाबका मोहमद शामी र अश्रदिप सिंहले २/२ विकेट लिए । क्रिस जोर्डन र रबि बोस्नोईले १/१ विकेट लिए ।

जितसँगै पन्जाबले मुम्बईविरुद्ध सिजनको पहिलो भेटमा व्यहोरेको हारको बदला समेत लिएको छ । सिजनको पहिलो भेटमा मुम्बईले पन्जाबलाई ४८ रनले हराएको थियो ।

पन्जाबसँग पराजित भएसँगै मुम्बईले शीर्ष स्थानमा उक्लने मौका समेत गुमाएको छ । मुम्बई ९ खेलमा ६ जितसहित १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

पन्जाब ९ खेलमा ६ अंक जोडेर तालिकाको छैठौँ स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०७७, सोमबार  ५ : ५१ बजे

बाल अधिकारलाई प्राथमिकता दिन आग्रह

काठमाडौं– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले आगामी आर्थिक वर्ष

घरभँडुवा नेताबाट सावधान !

जुनसुकै घरपरिवारमा सामान्य मतभेद, विवाद वा अन्तरविरोध विद्यमान रहन्छ ।

उपेन्द्र यादव प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारमा

काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्रीसमेत रहेका जनता समाजवादी पार्टी (जसपा)

रास्वपाको बैठकमा बजेट अधिवेशनबारे छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको

एकीकृत समाजवादीको स्थायी समिति बैठक शनिबार

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को स्थायी समिति बैठक यही