चीनमा सिनेमा हल सञ्चालनलाई सहज बनाइँदै | Khabarhub Khabarhub

चीनमा सिनेमा हल सञ्चालनलाई सहज बनाइँदै


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनले सिनेमा हल र अन्य प्रदर्शन स्थलहरूमा कोभिड–१९ नियन्त्रणका लागि लगाउँदै आएको प्रतिबन्धहरूलाई थप खुकुलो बनाएको छ ।

यो वर्षको सुरूदेखि नै कोभिड–१९ नियन्त्रणका लागि भन्दै सिनेमा हल तथा अन्य नाटक प्रदशर्नीमा प्रतिबन्ध लगाएको थियो । तर चीनमा महामारी नियन्त्रणमा आएपछि गत महिनादेखि सिनेमा हल तथा नाटक प्रदर्शनलगायतमा सिमित दर्शक राखी सञ्चालन गर्ने अनुमति दिएको थियो ।

उक्त दायरालाई फराकिलो पार्दै छिट्टै प्रतिबन्धलाई थप खुकुलो बनाउने चिनियाँ संस्कृति तथा पर्यटन मन्त्रालयले एक विज्ञप्ति जारी गरेको छ । आगामी दिनमा हलमा दर्शक सङ्ख्या ७५ प्रतिशत राख्न पाउने पनि मन्त्रालयले जनाएको छ ।

यसले थपे कि ठूला ठूला व्यवसायिक प्रदर्शनहरूका लागि अझै पनि स्थानीय महामारीको नियन्त्रण अवस्थाको आधारमा दर्शक सङ्ख्याहरूको उचित नियन्त्रण आवश्यक रहेको भन्दै यसका साथै स्थानीय अधिकारीको सहमतिले कम जोखिम भएका क्षेत्रहरूमा व्यवसायिक प्रदर्शनलाई अनुमति दिइनेछ । हलभन्दा बाहिर हुने प्रदर्शनका लागि स्थानीय सङ्क्रमण खतराको अवस्था हेरी क्रमशः प्रतिबन्धलाई खुकुलो पारिनेछ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : ३१ बजे

गण्डकीका मुख्यमन्त्रीले आइतबार विश्वासको मत लिने

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार (भोलि) विश्वासको मत

लिम्बु संस्कृति झल्किने चोःलुङ पार्क (फोटो फिचर)

तेह्रथुम – तेह्रथुमको लालीगुराँस नगरपालिकामा रहेको चोःलुङ पार्क पछिल्लो समय

कांग्रेस बागमती प्रदेशको प्रशिक्षण कार्यक्रम दोलखामा जारी

दोलखा– नेपाली कांग्रेस बागमती प्रदेश प्रशिक्षण कार्यक्रम दोलखामा सुरु भएको

पृथकतावादी नेता निज्जरको हत्या आरोपमा तीन भारतीय पक्राउ

काठमाडौं– क्यानडा प्रहरीले एक सिख पृथकतावादी नेताको हत्यामा संलग्न तीन

सुर्ती सेवन नियन्त्रण अभियान सञ्चालन

भक्तपुर– भक्तपुरमा स्वास्थ्य अधिकार तथा सुर्ती सेवान नियन्त्रण अभियान सञ्चालन