जनअपेक्षा पूरा गर्न व्यापक विकासका परियोजना अघि बढाउँछौ : प्रचण्ड | Khabarhub Khabarhub

जनअपेक्षा पूरा गर्न व्यापक विकासका परियोजना अघि बढाउँछौ : प्रचण्ड


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताको अपेक्षा पूरा गर्न व्यापक विकास परियोजना अघि बढाइने प्रतिबद्धता जनाएका छन् ।

पाँचौं संविधान दिवसका अवसरमा भिडियोमार्फत शुभकामना सन्देश दिँदै अध्यक्ष दाहालले जनताले नेकपालाई विश्वास गरी बहुमत प्रदान गरेकामा आभार प्रकट गर्दै त्यसलाई न्याय गर्न व्यापकरूपमा विकासका परियोजना अघि बढाइने जनाए ।

राष्ट्रको एकता र जनताको आकाङ्क्षा पूर्ति गर्न सबै पक्ष एकजुट हुनुपर्ने उनले उल्लेख गरेका छन् ।

सबै नेपालीमा एकताको, शान्ति र समृद्धिको एउटा नयाँ संकल्प लिने दिनको रुपमा अगाडि बढ्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले संविधानसभाबाट संविधान निर्माण प्रक्रिया आफैँमा एउटा ऐतिहासिक महत्वपूर्ण राजनीतिक परिघटना भएको बताए ।

‘संविधान बनाउनका निम्ति त्याग, तपस्या र बलिदानका कीर्तिमान कायम गर्ने ती हजारौं शहिद, हजारौं बेपत्ता युद्दाहरु, घाइते र अपाङ्ग हजारौं क्रान्तिकारीहरु र नेपाली जनताका असल छोराछोरीहरु सबैप्रति म श्रद्धाञ्जलि एवम् सम्मान व्यक्त गर्न चाहन्छु र उनीहरु सबैका परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु,’ उनले सन्देशमा भनेका छन् ।

 

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ९ : ३५ बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर