यूएईबाट तीन नेपाली महिलाको उद्धार | Khabarhub Khabarhub

यूएईबाट तीन नेपाली महिलाको उद्धार



दोहा- इराक र कुवेत लैजाने भन्दै दलालले संयूक्त अरब इमिरेट्स (यूएई) पुर्‍याएर अलपत्र पारेका तीन नेपाली महिलाको उद्धार गरिएको छ ।

नयाँ दिल्ली हुँदै यूएई पुगेका रुपन्देहीकी फुल कुमारी मुसाह, सिन्धुपाल्चोककी सुक्रानी तामाङ र धादिङकी मञ्जु तामाङलाई उद्धारपछि स्वदेश पठाइएको छ।

४ महिनादेखि बिचल्लीमा परेका उनीहरूलाई एनआरएनएले एयर अरबियाको उडानमार्फत नेपाल पठाएको एनआरएनए एनसीसी यूएई, क्षेत्रीय समन्वय परिषद, अलऐनका अध्यक्ष उज्वल दाहालले जानकारी दिए ।

उनीहरुलाई यूएईस्थित नेपाली दूतावासले यात्रा अनुमति पत्र बनाई दिएको थियो ।

यसैगरी, स्वदेश फर्काउन मुख्य भूमीका निर्वाह गर्ने कल्पना राई, भुमा लिम्बु, मञ्जु गुरूङ, एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली, एनआरएनए एनसीसी यूएईका अध्यक्ष प्रकाश कोईराला, एनआरएनए एनसीसी, यूएई महिला संयोजक शोभा शर्मा लगायत अन्य सहयोग गर्ने सबैप्रति हार्दिक आभार प्रकट गरेको बिज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ८ : ३० बजे

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको

बेसरम झारले ढाकिँदै घोडाघोडी ताल

कैलाली – विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडी ताल मिचाह

खरबुजाबाट मनग्य आम्दानी लिँदै झापाका किसान

झापा – मेचीनगर–१५ स्थित मेची नदी बगरमा लीला खनाल र