मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनपर्छ : राष्ट्रपति | Khabarhub Khabarhub

मुलुकलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढाउनपर्छ : राष्ट्रपति


३ आश्विन २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले जनताका राजनीतिक अधिकार प्राप्तिका लागि गरिने सङ्घर्षको चरण सम्पन्न भएकाले अब सामाजिक न्यायसहितको आर्थिक समृद्धिको दिशातर्फ अघि बढ्नु पर्ने बताएकी छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले संविधान दिवसको यस दिनले समृद्ध नेपाल सुखी नेपालीको साझा राष्ट्रिय सङ्कल्प हासिल गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यता कार्यान्वयन गर्न प्रेरणा दिने विश्वास व्यक्त गरिन् ।

संविधानको मर्म र भावनलाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आआफ्नातर्फबाट इमान्दार प्रयास जारी राख्न राष्ट्रपतिले सबैलाई आह्वान गरिन् ।

विश्वव्यापी महामारीका रुपमा फैलिएको  कोरोना भाइरसको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले चालिरहेका कदमको सराहना गर्दै उनले त्यसमा पनि चाँडो सफलता मिल्ने अपेक्षा गरेकी छन् ।

संविधानको कार्यान्वयनमार्फत नागरिकको हित र मुलुकको समृद्धि हासिल गर्न पनि राष्ट्रपतिले  संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७७ अवसरमा शुभकामना व्यक्त गरेकी छन् ।

राष्ट्रपतिले संविधान दिवसको अवसरमा गणतन्त्रको स्थापनाका लागि भएका विभिन्न आन्दोलनका क्रममा अमूल्य जीवन गुमाउने ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका आन्दोलनको पथप्रदर्शन गर्ने अग्रजप्रति सम्मान एवम् श्रद्धासमेत व्यक्त गरेकी छन् ।

प्रकाशित मिति : ३ आश्विन २०७७, शनिबार  ७ : ४५ बजे

नेपाली मिडियाको अवस्था : बढ्दै श्रमशोषण, एक वर्षमा २९ महिला पत्रकारले पेशा छोडे

काठमाडौं-  विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मिडिया एक्सन नेपालले प्रेस

एमालेलाई निर्णायक शक्तिको रूपमा स्थापित  गराउनुपर्छ : अध्यक्ष ओली

नवलपरासी– पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई

कसैलाई प्रोत्साहित गर्न र कसैलाई कमजोर पार्न करको दर हेरफेर हुँदैन : अर्थमन्त्री पुन 

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षको बजेटमा करका

‘कुल ब्वाइ’ले फिल्म खेल्ने पक्का, ‘होस्टल ३’ को मुख्य भूमिकामा अनुबन्ध

काठमाडौं– टिकटकबाट चर्चामा आएका पारस बम ‘कुल बोइ’ फिल्म ‘होस्टल

सर्लाहीमा आगलागीबाट करोडौँको क्षति

बरहथवा– सर्लाहीको विष्णु गाउँपालिकास्थित बाराउद्योरण गाउँमा भएको आगलागीबाट करोडौँको क्षति