किशोर श्रेष्ठलाई प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश | Khabarhub Khabarhub

किशोर श्रेष्ठलाई प्रेस काउन्सिलको कार्यवाहक अध्यक्षबाट नहटाउन सर्वोच्च अदालतको अन्तरिम आदेश


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्षबाट किशोर श्रेष्ठलाई नहटाउन सरकारलाई अन्तरिम आदेश दिएको छ ।

भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले काउन्सिलको कार्यवाहक अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेसँगै प्रेस काउन्सिल वोर्डले आइतबार सर्वोच्च अदालतमा हालेको रीटको सुनुवाई गर्दै सर्वोच्चले सरकारलाई अन्तरिक आदेश दिएको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका किशोर श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न पनि सरकारका नाममा अन्तरिम आदेश दिएको छ।

सरकारले गत साउन २६ गते प्रेस काउन्सिल कार्य व्यवस्था नियमावलीमा संशोधन गर्दै कार्यवाहक अध्यक्ष तोक्ने अधिकार ल्याएको थियो ।

किशोर श्रेष्ठले आफूलाई कार्यबाहकबाट हटाउने अभिप्रायले नियमावली संशोधन गरेको आरोप लगाएका थिए ।

सरकारले ४० दिन कार्यकाल बाँकी रहेकै बेला श्रेष्ठलाई कार्यवाहक अध्यक्षको जिम्मेवारीबाट हटाएर पोखराकी भण्डारीलाई ल्याएपछि सो मुद्दा सर्वोच्चमा पुगेको हो ।

स्वायत्त निकायको परिकल्पना गरिएको काउन्सिलमा अध्यक्षको अनुपस्थितिमा बैठकको अध्यक्षता कसले गर्ने भनेर तोक्ने अधिकार प्रेस काउन्सिल ऐन– २०४८ ले काउन्सिल बोर्डलाई दिएको छ ।

२०७४ सालमा  बोर्णबहादुर कार्कीको कार्यकाल सकिएपछि भवानी बराल अध्यक्ष नियुक्त भएका थिए । उनको योग्यता नपुगेको भन्दै सर्वोच्च अदालतमा मुद्दा परेपछि सर्वोच्चको अन्तरिम आदेशमा उनी ‘निलम्बित’ भएका थिए । त्यसपछि काउन्सिल बोर्डले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो ।

 

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ५ : २२ बजे

झन्डै १३ प्रतिशत नेपालीको घर छैन, कति बस्छन् भाडामा ?

काठमाडौं– नेपालको कुल जनसंख्याको झन्डै १३ प्रतिशत नेपालीको आफ्नै घर

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

काठमाडौं – आफू नेतृत्वको जनता समाजवादी पार्टी विभाजन हुँदै गर्दा

बस दुर्घटनामा परी त्रिविका प्राध्यापकको निधन

काठमाडौं– कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका प्राध्यापकको निधन भएको

नेपालमा पहिलो पटक टेबल टेनिसको ओलम्पक छनोट हुँदै

काठमाडौं– आगामी जुलाईमा हुने पेरिस ओलम्पिक खेलका लागि टेबल टेनिसको

फिल्म निर्देशनमा प्रकाश सपूत (तस्बिरसहित)

काठमाडौं– गायक प्रकाश सपूतले फिल्म निर्माणको घोषणा गरेका छन् ।