चौतर्फी आलोचनापछि नेपालको अद्यावधिक नक्सासहितको सांसदलाई बाँडेको लोगो फिर्ता | Khabarhub Khabarhub

चौतर्फी आलोचनापछि नेपालको अद्यावधिक नक्सासहितको सांसदलाई बाँडेको लोगो फिर्ता


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं : चौतर्फी आलोचनापछि संसद सचिवालयले अद्यावधिक नक्साहितको सांसदहरुलाई वितरण गर्न बनाएको लोगो फिर्ता गरेको छ।

बागमती प्रदेश अन्तर्गतको घरेलु तथा साना उद्योग कार्यालयलाई लोगो फिर्ता गरिएको संसद सचिवालयले जनाएको छ । का प्रवक्ता रोजनाथ पाण्डेले जानकारी दिए।

प्रवक्ता पाण्डले एक विज्ञप्ति जारी गर्दै लोगो फिर्ता गरेको जानकारी दिएका छन् । उनले भनेका छन्, ‘घरेलु तथा साना उद्योग कार्यालय, ललितपुरबाट प्राप्त भएका केही ब्याच पिनहरुमा संरचनागत र साजसज्जा सम्बन्धी केही समस्याहरु देखिएकोले सोको सुधार र परिमार्जनका लागि मिति २०७७/०५/०२ मा त्यस कार्यालयमा फिर्ता पठाइएको छ ।’

कार्यालयले अद्यावधिक नक्सालगायतका विषयमा परिमार्जन गरी उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको विज्ञप्तिमा जनाइएको छ।

गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सांसदहरुले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको हो। कार्यव्यवस्था परामर्श समितिको सोही निर्णयअनुसार संघीय संसद सचिवालयले ३५० थान नयाँ लोगो तयार गरेको हो।

दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ। प्रति लोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको संसदका महासचिव भरतराज गौतमले जानकारी दिए।

तर, लोगो भद्दा भएको भन्दै सांसदहरुले सार्वजनिक रुपमा नै लोगो नलाउने बताएका थिए।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  १ : २९ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार सुनको

प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन

काठमाडौं– नेपाल महासङ्घको २७औँ अधिवेशन प्रारम्भ भएको छ । प्रधानमन्त्री

वेस्ट इन्डिजका क्रिकेटर थोमसलाई ५ वर्षको प्रतिबन्ध

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले वेस्ट इन्डिजका डेभन थोमसलाई

सडक भत्किएपछि कान्तिलोकपथ बन्द

पाटन– कान्तिलोकपथ बन्द भएको छ । मर्मतसम्भारका क्रममा ललितपुरको काल्चेमा

हराएका शताब्दीऔँ पुराना मूर्ति नेपाल पठाइयो

वासिङ्टन डिसी– नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल