राष्ट्रिय झण्डा जलाएको आरोपमा ग्याल्जोम दोर्जे तामाङसहित ९ जना पक्राउ | Khabarhub Khabarhub

राष्ट्रिय झण्डा जलाएको आरोपमा ग्याल्जोम दोर्जे तामाङसहित ९ जना पक्राउ


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – म्युजिक भिडियोमा राष्ट्रिय झन्डा जलाएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । राष्ट्रिय झण्डा जलाउने घटनाका मुख्य आरोपी ग्याल्जोम दोर्जे तामाङसहित हालसम्म ९ जना पक्राउ परेका हुन् ।

जातीय हिंसा भड्काउन बल पुर्‍याउने र राष्ट्रिय झण्डा जलाएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आलोचना भएको थियो ।

प्रहरीका अनुसार राष्ट्रिय झण्डा जलाउनेमध्ये ९ जनालाई पक्राउ गरिएको र थप केहीको पहिचान भइसकेको छ ।

गत भदौ १ गते अपलोड गरिएको भिडियो अहिले पनि युट्युबमा उपलब्ध छ । यो समाचार तयार पार्दासम्म भिडियोलाई झण्डै ६ लाखले हेरेका छन् भने २५ हजारभन्दा बढीले प्रतिक्रिया जनाएका छन् ।

पक्राउ परेकालाई अपराध महाशाखा टेकुमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

उक्त म्युजिक भिडियोको करीब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा जलाएको दृश्य छ । भिडियो मकवानपुरको वागमती गाउँपालिका–३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको छ ।

म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू भएका कारण सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  १२ : ३२ बजे

‘सरकार ! रूसबाट आफन्त फिर्ता ल्याइदेऊ’

काठमाडौं – सन् २०२२ फेब्रुअरी २४ देखि रूसले छिमेकी युक्रेनमाथि

बागलुङमा सुन्तलाखेतीप्रति आकर्षण बढ्दै

ढोरपाटन– पछिल्लो समय बागलुङमा सुन्तलाखेतीप्रति कृषकको आकर्षण बढ्दै गएको छ

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले