गोकर्णेश्वर मेला स्थगित, मन्दिर पनि नखुल्ने | Khabarhub Khabarhub

गोकर्णेश्वर मेला स्थगित, मन्दिर पनि नखुल्ने


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यसपालीको पितृ औशीँमा काठमाडौको गोकर्णेश्वर महादेव मन्दिर नखुल्ने भएको छ । नेपालको उत्तर गयाका रुपमा परिचित सो मन्दिरमा भाद्रकृष्ण औँसीका दिन भक्तजनको घुँइचो लाग्ने गर्दछ ।

राजधानीको उत्तरपूर्वी भेगमा पर्ने पितृ श्राद्धका निम्ति असाध्यै प्रख्यात गोर्कण मन्दिर नखोल्ने भएको गोकर्णेश्वर नगरपालिकाका उपमेयर शान्ति नेपालले जानकारी दिइन् । त्यसदिन धेरै भक्तजनकोजमघट र पितृ श्राद्ध गर्न धेरै आउने भएकाले कोरोनाको जोखिमलाइ मध्यनजर गर्दै यो वर्ष मन्दिर नखोल्ने निर्णय भएको उनले बताइन ।

उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि भाद्रकृष्ण औँसीका दिन बुधबार लाग्ने मेला स्थगित गरिएको गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिका अध्यक्ष एवं वडा नम्बर ४ का वडा अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए । उत्तर गयाका रुपमा परिचित गोर्कणमा भाद्र कृष्ण औशीका दिनमा आफ्ना पीता नहुनेहरुले श्राद्ध गर्नु धार्मीक संस्कृतिमा उत्तम मानिन्छ ।

समितिको बैठकले भाइरस साम्य नहुन्जेल बाबुको मुख हेर्ने दिन, हरितालिका (तीज) र सोह्र श्राद्धमा समेत मन्दिर बन्द गर्ने निर्णय गरेको हो ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  ६ : ०८ बजे

आजको मौसम : कतै हावाहुरी, कतै छिटफुट वर्षा

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४