गथांमुग दहन गर्दै मनाइयो घण्टाकर्ण पर्व | Khabarhub Khabarhub

गथांमुग दहन गर्दै मनाइयो घण्टाकर्ण पर्व


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोनाको कहर र झरीका बीच पनि भक्तपुरमा आज घण्टाकर्ण अर्थात् गथांमुग पर्व मनाएका छन् ।

भक्तपुर नगरपालिकाले औपचारिकतामा मात्रै पर्व मनाउन आह्वान गरे पनि स्थानीयले भने घण्टाकर्ण बनाएरै गथांमुग पर्व मनाएका छन् । यो पर्वसँगै नेवार समुदायमा जात्रापर्वको माहोल शुरु हुने परम्परा छ । भक्तपुरको चोकचोकमा गथांमुग दहन गरिएको छ ।

गथांमुगको भीमकाय शरीरमा लिङ्गस्वरुप तस्बिर टाँसिन्छ भने केही ठाउँमा काठको लिङ्ग र दुई भोगटेको अण्डकोष राख्ने गरिन्छ । कतैै महिला गथांमुगः बनाएर योनीसमेत बनाउने गरिन्छ । गथांमुगः दहनका बेला महिला र पुरुषको सम्भोग आवश्यक छ भन्ने भाव झल्किने गीतसमेत गाउने गरिन्छ ।

किसानले रोपाइँ गर्न शक्तिशाली गथांमुग राक्षसलाई बोलाउने गरेको र अहिलेको समयलाई धान रोपेर किसान आराम गर्ने समय भएकाले राक्षसको काम सकियो भन्दै फिर्ता पठाउन गथांमुगः दहन गरिने परम्परा रहेको मानिन्छ ।

यो पर्वलाई यौन शिक्षा दिने पर्वका रुपमा पनि लिइन्छ भने गथांमुगः दहन गर्न लैजाँदा अश्लील गीत गाउने गरिन्छ ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  १० : ४५ बजे

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

एजेन्सी – चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासन (सीएनएसए)ले चन्द्रमाको अनुसन्धान गर्न

ताइवानमा ६.१ रेक्टरको भूकम्प 

काठमाडौं– ताइवानमा भूकम्पको धक्का महसुस गरिएको छ । ताइवानको पूर्वी

वेस्ट इन्डिज ‘ए’ विरुद्ध नेपाल फिल्डिङमा

काठमाडौं – नेपाल र वेस्ट इन्डिज ‘ए’ बीच केही बेर

बझाङमा १५ प्रतिशत मतदान

काठमाडौं– बझाङ प्रदेशसभा–१ मा भइरहेको उपनिर्वाचन अन्तर्गत अहिलेसम्म १५ प्रतिशत

साल्पा–सिलिचुङको मुन्दुमी मिथक लिपिबद्ध गरिँदै

ललितपुर– मुन्दुम मौखिक इतिहास हो । किरात समुदायले मुन्दुमलाई जीवनदर्शन