लगातार ९ बर्षदेखि कसले पठाउँदैछ पिज्जा ? | Khabarhub Khabarhub

लगातार ९ बर्षदेखि कसले पठाउँदैछ पिज्जा ?


४ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भनिन्छ, मानिसको जीवन संर्घष र समस्याले भरिएको हुन्छ । मानिसले केहि न केहि समस्या भोगी रहेको हुन्छ । तर कतिपय मानिसको जीवनमा आउने समस्या भने निकै रोचक मात्र होइन, आश्चर्यजनक पनि हुन्छ । यस्तै एक समस्या भोगिरहेका छन्, बेल्जियमका एक ६५ वर्षीय वृद्धले ।

बेल्जियमको एन्टवर्पका निवासी जीन वेन ९ वर्षयता लगातार एक समस्या भोगिरहेका छन् । उनको घरमा ९ वर्षदेखि बिना अर्डर पिज्जाको डेलिवरी हुदै आएको छ । उनी यस समस्याबाट यति आजित बने कि उनले कैयौं पटक यसबारे प्रहरीमा उजुरी समेत गरे । तर उनको समस्याको भने समाधान भएन ।

जीनका अनुसार बिना कुनै अर्डर उनको घरमा पिज्जा आउने गर्दछ । उनको घरमा हरेक दिन जसो डेलिवरी ब्वाईले पिज्जा ल्याउने गरेका छन् । यसमा सबैभन्दा रोचक कुरा त के छ भने पिज्जा डेलिवर ब्वाईको आउने कुनै निश्चित समय छैन । कहिलेकाहिं आधा रातमा त कहिले एकै दिनमा १४ वटासम्म पिज्जा सम्म उनको घरमा आइपुग्छ ।

जीन वेनका अनुसार बिना अर्डर आएका पिज्जाका कारण उनी तनावमा छन् भने यसले उनको जीवनको ठुलो खुसी खोसेको छ । जीन मात्र होइन उनको एक साथी पनि बिना अर्डरको पिज्जा डेलिवर भएका कारण तनावमा छन् । उनीहरुको अनुमान अनुसार यी दुबैका कोहि साथीले उनीहरुलाई पिज्जा पठाउदै आएका छन् । तर यसबारे अझैसम्म उनीहरुले पत्तो पाएका छैनन् ।

जीनका अनुसार उनले कहिल्यै पनि बिना अर्डर आएका पिज्जाको रकम दिएका छैनन् । तर पनि हरेक दिन उनकोमा पिज्जा पुर्याइदै आएको छ । अब यो पिज्जा कसले पठाएको हो, त्यसबारे प्रहरीले समेत पत्तो पाउन सकेको छैन ।

प्रकाशित मिति : ४ श्रावण २०७७, आइतबार  ८ : १७ बजे

बझाङको मतगणना छबिसपाथिभेरामा सुरु गरिने 

बझाङ– बझाङको मतगणना छबिसपाथिभेरा गाउँपालिकाबाट सुरु गरिने भएको छ ।

विश्व आर्थिक मञ्चको प्रमुख एजेन्डामा गाजा

काठमाडौं– गाजामा जारी युद्ध र मध्यपूर्वको तनाव व्यापक समाधानका लागि

बझाङमा सर्वदलीय बैठक जारी, १ बजेपछि मतगणना हुने 

बझाङ– बझाङमा सर्वदलीय बैठक जारी छ । बझाङ प्रदेशसभा १

सुपला भट्टराई : दर्शकको मन जित्न सफल बालकलाकार

काठमाडौं– बालविवाह र बोक्सी कुप्रथाको विषयमा बनेको चलचित्र ‘बोक्सीको घर’

वेस्ट इन्डिज’ए’ ले टस जित्यो, नेपालले पहिला बलिङ गर्दै

काठमाडौं– नेपाल र वेस्ट इन्डिज ए बीचको टी-२० सिरिजको दोस्रो